जनस्तरमा राजसंस्था र हिन्दू राष्ट्रको माग बढ्दो– अध्यक्ष जबरा – Kanika Khabar
Friday, April 26Nepali News Portal

जनस्तरमा राजसंस्था र हिन्दू राष्ट्रको माग बढ्दो– अध्यक्ष जबरा

    मा प्रकाशित

काठमाडौं, जेठ  १५ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपतिशम्शेर जबराले जनस्तरमा शाहवंशीय राजसंस्था र हिन्दू राष्ट्रको माग बढ्दो क्रममा रहेको जिकिर गर्नुभएको छ । राप्रपाको ३१औँ स्थापना दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष राणाले राष्ट्रियता, प्रजातन्त्र र राष्ट्रिय एकता कायम राख्न नेपाल एकीकरण गर्ने शाहवंशीय राजसंस्था र सनातन हिन्दू राष्ट्रको आवश्यकतामा जोड दिनुभएको हो ।

विधि, संविधान र लोकतन्त्रको अवमूल्यन भएको भन्दै राणाले चिन्ता प्रकट गर्नुभएको छ । पार्टी स्थापना दिवसका अवसरमा आज जारी सन्देशमा उहाँले सम्पूर्ण पार्टी सदस्य एवं शुभचिन्तकमा शुभकामना व्यक्त गर्नुभएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्