दाङमा थप १६१ जनाले काेराेेना जिते – Kanika Khabar
Friday, April 26Nepali News Portal

दाङमा थप १६१ जनाले काेराेेना जिते

    मा प्रकाशित

दाङ, १५, जेठ ।

दाङमा आज शनिबार पनि कोरोना संक्रमित थपिनेभन्दा निको हुनेदर बढेको छ । जिल्ला आपतकालीन कार्य संचालन केन्द्रले आज दिउसो ३ बजे दिएको जानकारी अनुसार जिल्लामा ९७ जनामा संक्रमण देखिएकोमा १६१ जना संक्रमणमुक्त भएका छन् ।

शनिबार (आज) संक्रमणमुक्त हुने सबैभन्दा धेरै घोराहीका रहेका छन् । घोराहीका १४० जना आज एकैदिन संक्रमण मुक्त भएका छन् । बितेको २४ घण्टामा विभिन्न अस्पताल तथा होम आइसोलेसनमा ८३ जना महिला र ७८ जना पुरुष निको भएका छन् ।

त्यसैगरि निको हुनेमा राप्ती गाउँपालिकाका १४ जना, लमही नगरपालिकाका १२ जना, दंगीशरण गाउँपालिकाका ८ जना र राजपुर गाउँपालिकाका २ जना कोरोनाका विरामी निको भएको केन्द्रले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्