राजश्व ताकेताकाे भद्र अवज्ञाकाे विकल्प छैन : काङ्ग्रेस – Kanika Khabar
Friday, April 26Nepali News Portal

राजश्व ताकेताकाे भद्र अवज्ञाकाे विकल्प छैन : काङ्ग्रेस

    मा प्रकाशित

 कनिका डेस्क

जेठ २१, दाङ ।

आन्तरिक राजश्व विभागकाे जेठ २५ गतेभित्र राजश्व बुझाए जरिवाना नलाग्ने सुचनाकाे नेपाली काङ्ग्रेसले भद्र अवज्ञा गर्ने बताएकाे छ । राजश्व कार्यालयकाे सुचनापछि व्यवसायीहरूले यसकाे चर्काे विराेध गर्दै चरणवद्ध आन्दोलन गर्ने चेतावनी समेत दिएका थिए ।

सरकारकाे कार्यशैलीकाे टिप्पणी गर्दै यतिबेला सर्वत्र आलोचना समेत भइरहेकाे छ । प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसले अाज बुधबार एक विज्ञप्ति जारी गरी यसकाे भद्र अवज्ञाकाे विकल्प नरहेकाे बताएकाे छ ।

पार्टी सभापति तथा पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएकाे छ “साना ठुला व्यवसायीले लकडाउनका कारण भाेगिरहेका चुनाैतिलाई नजरअन्दाज गरेर आन्तरिक राजश्व विभाग मार्फत नेपाल सरकारले नेपाल सरकारले जेठ २५ भित्र विभिन्न कर चुक्ता गर्न गरेकाे ताकेताप्रति नेपाली काङ्ग्रेसको ध्यानाकर्षण भएकाे छ ।´´ यस्ताे जटिल परिस्थितिमा व्यवसायीहरू मर्कामा परेकाेले सरकाले राहतका याेजना ल्याउनेबेला करकाे ताकेता असान्दर्भिक भएकाे विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएकाे छ “ सरकारलाई समयकाे गम्भीरताप्रति गम्भीर बन्न माग गर्दै लकडाउनले मुलुककाे समग्र क्षेत्रमा परेकाे असरकाे समग्र मुल्यांकन गरेर कार्य गर्न अपील गरिन्छ । जेठ २५ भित्र कर तिर्न निर्धारित समयावधिकाे ताकेता तत्काल फिर्ता गरेर स्थिति मुल्यांकनका अाधारमा संवाद गरेर समयावधि थप गर्न सरकार समक्ष माग गरिन्छ ।´´ आान्तरिक राजश्व विभागले जेठ २५ गतेभित्र राजश्व बुझाए जरिवाना नलाग्ने सुचना प्रकाशित गरेपछि सरकार आलाेचित बन्दै गएकाे थियाे ।

व्यापारीहरू लकडाउनकाे समयमा व्यापार नभएकाे र अझै लकडाउनकाे समय भएकाले अहिले नै राजश्व तिर्न नसकिने भन्दै विराेध गर्दै आएका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्