नेपालद्वारा चिनियाँ  ताइपेई २–० ले पराजित – Kanika Khabar
Friday, April 26Nepali News Portal

नेपालद्वारा चिनियाँ  ताइपेई २–० ले पराजित

    मा प्रकाशित
जेठ २०, दाङ ।
नेपालले एसियाली विश्वकप छनोट समूह ‘बी’ मा नेपालले चिनियाँ  ताइपेईलाई आज बिहीबार भएकाे खेलमा २–० ले पराजित गरेेेेकाे छ ।
तसँगै नेपालले एसिया कप छनोट समीकरणमा आफ्नो बलियो चुनौती पेस गरेको छ । यो जितपछि आफ्नो समूहको चौथो स्थानमा नेपालको पकड बलियो भएको छ । त्यस्तै नेपालले समग्र छनोटकै चौथो स्थानका शीर्ष चार टिमका लागि बलियो चुनौती पेस गरेको छ ।

 

कुवेतको जबर अल–अहमद अन्तर्राष्ट्रिय रंगशालामा भइरहेको खेलमा नेपालका लागि अञ्जन विष्टले पेनाल्टीबाट चौथो मिनेटमा पहिलो गोल गरे । चेङ हाउले आफ्नो पेनाल्टी एरियामा बल ह्यान्ड गरेपछि नेपालले पेनाल्टी प्राप्त गरेको हो र त्यसमा अञ्जनले सजिलै गोल गरे । अञ्जनको यो नेपालका लागि चौथो अन्तर्राष्ट्रिय गोल हो ।

नेपालका लागि पेनाल्टीको अवसर दिने जापानी रेफ्री किम उसुङको निर्णय निकै नरम रह्यो । खेलको ८१ औं मिनेटमा नवयुग श्रेष्ठले दोस्रो गोल थपे । नवयुगले नेपालका लागि गरेको यो सातौं गोल हो ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्