राउटे वस्तीमा प्रहरीको सुरक्षा – Kanika Khabar
Wednesday, June 25Nepali News Portal

राउटे वस्तीमा प्रहरीको सुरक्षा

    मा प्रकाशित

जेठ २४, दाङ ।
राउटे समूदायका युवतीमाथि यौन दूर्व्यवहार भएपछि राउटे वस्तीमा उनीहरुको सुरक्षाका लागि प्रहरी परिचालन गरिएको छ। सुर्खेतको गुर्भाकोट नगरपालिका–११, आँपसोतीको भेरी नदी किनारमा रहेको उनीहरुको अस्थायी वस्तीको सुरक्षाका लागि प्रहरी परिचालन गरिएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिनुुभयो। उहाँले दूर्व्यवहार गर्ने तीनजनालाई पक्राउ गरिएको र उनीहरुमाथिको अनुसन्धान जारी रहेको बताउनुुभयो।

दूर्व्यवहारमा परेका युवतीको सुरक्षामा पनि मुख्य चासो रहेको उहाँले बताउनुुभयो। त्यसका लागि एक काउन्सिलिङ कार्यदल बनाइएको र त्यस कार्यदलले राउटेहरुसँग सम्पर्कको प्रयास गरिरहेको बताउनुुभयो। उहाँले राउटेको आन्तरिक नीति नियमबारे धेरै जानकारी नहुँदा पनि दूर्व्यवहारमा परेका युवतीहरुमाथि के हुने हो भन्ने आशंका रहेको बताउनुुभयो।

अहिलेसम्म सो घटनाबारे राउटे समूदायलाई जानकारी भएको छैन। बाहिरबाट अन्य मानिस उनीहरुको सम्पर्कमा गए सो घटना उनीहरुले थाहा पाउने र त्यसपछि ती युवतिमाथि उनीहरुले कुनै सजाय दिन सक्ने भएकाले पनि अहिले अन्य मानिसहरुलाई राउटे वस्तीमा जान प्रतिबन्ध लगाइएको हो।

राउटेबारे जानकार दैलेखका पत्रकार भक्त शाहीले बाहिरी मानिसबाट राउटे युवती दूर्व्यवहारमा परेको यो पहिलो घटना भएको बताए। त्यसैले यस्तो घटनामा कस्तो सजायको व्यवस्था छ भन्ने यकिन नभएको बताउनुुभयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्