फिफा विश्वकप २०२२ को दोस्रो चरणको छनोट खेलमा नेपाल जोर्डनसँग पराजित – Kanika Khabar
Thursday, June 12Nepali News Portal

फिफा विश्वकप २०२२ को दोस्रो चरणको छनोट खेलमा नेपाल जोर्डनसँग पराजित

    मा प्रकाशित

जेठ २५, दाङ ।
फिफा विश्वकप–२०२२ तथा एसियन कप–२०२३ अन्तर्गत दोस्रो चरणको छनोटमा नेपाल जोर्डनसँग पराजित भएको छ ।कुवेतमागयराति भएको खेलमा नेपाल जोर्डनसँग ३–० गोल अन्तरले पराजित भएको हो ।

जोर्डनलाई जित दिलाउन बाहा फाइजल सिफले दुई गोल गर्नुभयो भने याजन अलले एक गोल गर्नुभयो । जितसँगै समूह ‘बी’ मा रहेको जोर्डनले ६ खेलमा १३ अङ्क जोडेको छ । नेपालले भने ७ खेलमा ६ अङ्क मात्रै जोड्न सकेको छ ।

नेपालको विश्वकपमा छनोट हुने आशा समाप्त भईसकेको छ । तर, नेपालको एसियन कप छनोटको सम्भावना भने रहेको छ ।अब नेपालले समूह चरणको अन्तिम खेलमा अष्ट्रेलियासँग खेल्नेछ । अन्तिम खेलमा पराजित भएमा नेपाललाई प्लेअफको बाटोबाट एसियन कप छनोटको तेस्रो चरणमा पुग्ने बाटो समेत रहेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्