लकडाउनको बेला अभिभावकको भूमिका – Kanika Khabar
Friday, December 13Nepali News Portal

लकडाउनको बेला अभिभावकको भूमिका

    मा प्रकाशित


दुई महिना बढी बितिसक्यो नेपालमा लकडाउन (Lock Down) भएको । एकातिर नेपालको अर्थतन्त्र नै धरापमा भैरहेको छ भने अर्कोतिर शिक्षा तथा पठनपाठन ठप्प अनि यस्तोबेला बालबालिकाहरुलाई घरैबाट शिक्षा प्रधान गर्नु र घरमा सीमित राख्नु त्यति सहज हँुदैन । COVID-19 महामारीको जोखिम न्यून गर्नका लागि सामाजिक दुरी कायम गर्नु बाहेक अरु विकल्प पनि त छैन । तर्सथ, बच्चाहरुको जीवन शैली यस महामारीले पूरै परिवर्तन गरिसकेको छ । यतिबेला हरेक अभिभावकमा चिन्ता बढेको छ कि आफ्ना बच्चाबच्चीको पढाइ लथालिङ्ग भयो भनेर । चिन्ता लाग्नु स्वभाविकै हो, तर हामी एकदमै कठिन अवस्थामा पनि छौँ । शिक्षा अनि स्वास्थ्य दुबै महत्वपूर्ण कुरा हुन् तर शिक्षाभन्दा अगाडि स्वास्थ्य नै रहन्छ । मानिस स्वस्थ रहे मात्र शिक्षा आर्जन गर्न सक्छ अनि अन्य कार्य गर्न सक्छ । यो बन्दाबन्दीको समयमा दुई महिनाभन्दा बढी समय बालबालिकाहरु घरमा रहँदा अभिभावकमा चिन्ता बढ्नु स्वभाविक नै हो । यतिबेलाको समय चिन्तासँगै चिन्तन गर्ने बेला पनि हो । अभिभावक पहिलो गुरु र घर पहिलो पाठशाला हो भन्ने कुरालाई हामीले स्मरण गर्न जरुरी हुनुका साथै यो समयमा सोही बमोजिम भूमिका निर्वाह गर्न जरुरी छ । यो समयलाई पट्यारलाग्दो होइन उपयोगी बनाउन सकौँ ।
बालबालिका लचिलो हुन्छन, सजिलै कुनै पनि समस्यासँग जुध्न र त्यसबाट बाहिर आउन पनि सक्छन् तर यो खुबिका कारण बालबालिकामा कुनै पनि मानसिक असर परेको छैन भनेर हामीले भन्न भने सक्दैनौं । यदि बालबालिकाहरु रिसाहा, बिनाकारण झगडा गर्ने, जिद्दी गर्ने, कराउने, चिच्याउने, एकोहोरो हुने, मर्ने कुरा गर्ने, सानो सानो कुरामा झिज्जने गरिरहेको हुन्छन भने कतै त्यो मानसिक तनावको कारणले गर्दा त होइन भनेर प्रश्न सोध्नु आवश्यक छ र त्यतिकै त्यसलाई मनन गर्नु पनि जरुरी छ ।
हामी त परिपक्व छौं, आफ्नो भावनालाई रोक्न सक्छौ र समझदारीपूर्वक अघि बढ्न सक्छौं तर हाम्रा बालबालिकालाई त्यसको ज्ञान हँुदैन । यो महामारीको बेलामा सामाजिक दुरी ९क्यअष्ब िम्ष्कतबलअष्लन० तथा बाहिरी गतिविधिहरु गर्न नपाइने कारणले हाम्रा बालबालिकामा पक्कै पनि असहज वातावरण सृजना गरेको छ र यस्तो अवस्थामा हामी अभिभावक, शिक्षक–शिक्षिका, शैक्षिक संघ संस्थाहरु, सामाजिक सञ्जाल, बालबालिकाहरुको संगठन र सरकार एकतावद्घ भएर बालबालिकाहरुको भविष्य सूनिश्चित बनाउनेतिर लाग्नु एकदमै आवश्यक देखिन्छ ।
Barbara Johnson ले भनेकी छिन ”बालबालिकाहरुको सम्झनामा रहिरहन हामी उनीहरुसँगै आज बाँच्नुपर्दछ । ” र योसँगै बाँच्ने, रमाउने, खेल्ने अवसर पक्कै पनि कोरोना भाइरसले हामीलाई प्रदान गरेको छ । तर दैनिक बालबालिकाहरुलाई पे्ररित राख्न त्यति सहज चाहिँ पक्कै छैन ।
तल दिईएका निम्नलिखित बुँदाहरुले अभिभावकहरुलाई बालबालिकामा समय कसरी बिताउने र सहज वातावरण कसरी सिर्जना गर्ने भन्ने कुरामा सहयोग पु्याउनेछ ।
१. कला तथा शिल्प :
घरमा भएका, फालिएका बस्तुबाट (बट्टा, पत्रिका, चुरा, पात, फूल, घाँस, रङ्ग, कागज , कैंची, कपडाहरु आदि) बालबालिकासँगै बसी नयाँ कुराको सिर्जना (DIY) गर्नुहोस् । यसले बालबालिकाको सिर्जनात्मक विकास गर्दछ र भोलि जुनसुकै क्षेत्रमा पनि सिर्जनशिलता देखाउने अवसर प्रदान गर्दछ ।

२. तालिका बनाउनुहोस् :
बालबालिकालाई स्कुलमा गरिने क्रियाकलापको बानी पारिराख्नु र त्यसका लागि बालबालिकासँग बसेर समय तालिका बनाउनुहोस् । तालिकामा पढ्ने समय (Out Book, Course Book) लेख्ने समय (रङ्गले, कलमले, मार्करले, चकले) व्यायाम गर्ने, मोबाइल अथवा टेलिभिजन हेर्ने, परिवारसंँग खेल्ने, एकछिन आफूलाई मन लागेको काम गर्न दिने, घरको काम गर्ने आदि इत्यादि कुराहरु बालबालिकासँग छलफल गरी समेटनु पर्दछ ।

३. घरायसी काममा संलग्न गराउने :
करेसाबारी, कौसी—गमला खेती, खाना पकाउने, घर सफा गर्ने काममा आफू पनि बालबालिकासँगै संलग्न भएर रमाइलो गर्ने , खेल्दै मिलिमिली अरुको अगाडि उनीहरुले गरेको स–सानो कामको पनि निरन्तर प्रशंसा गरी काम गर्न प्रेरित गर्नुहोस् ।

४. काल्पनिक खेल :
बालबालिकासँगै बसी भाँडाकुटी, बालुवा माटो, ढुङ्गा, सिन्का, पिठो, पानी खेल्नुहोस् र त्यस खेलमा काल्पनिक पात्र बनी उनीहरुसँग सहभागी हुनुहोस् । यस खेलबाट बालबालिकालाई सही, गलत, अनुशासित कसरी बन्ने भनेर पनि शिक्षा दिन पनि सकिन्छ र सामाजिक रीतिसँग परिचित गराउन सकिन्छ ।

५. कथा बनाउन र पढ्न प्रेरित गर्नुहोस :
हरेक दिन सुत्ने बेला अथवा अरु कुनै बेला कथा पढ्ने, भन्न बालबालिकालाई प्रेरित गराउनुहोस् । यसका साथै आफू पनि बालबालिकासँग पढ्न बस्दा, यसले बालबालिकालाई सानै उमेरदेखि नै किताबप्रति रुचि बढाउँछ ।

६. बालबालिकासँग बच्चा बनिदिनुहोस् :
बालबालिकालाई माया अनि साथीको खाचाँे हुन्छ तसर्थ बालबालिकासँग कुराकानी गर्दा हाँस्ने, नाँच्ने, जोकर बनिदिने उफ्रिने, हल्ला गर्ने, दौडिने, लुकामारी खेल्ने, आफ्नो बोलीलाई फेर्ने जस्ता क्रियाकलाप गरी बालबालिकालाई खुशी प्रदान गर्न र सजिलै अनुशासित बनाउन सक्छौं । यसले बालबालिकालाई अभिभावकप्रति साथित्व अनि आत्मीयताको भावना सिर्जना गर्दछ र अभिभावकले भनेको मान्ने हुने गर्दछन् ।
Bob Keeshan भन्छन  अभिभावक बालबालिकाको लागि प्रेरणाको श्रोत (Role–Model) हुन् । हरेक शब्द, बोली, काम, चालले बालबालिकाको जीवनमा प्रत्यक्ष असर गर्दछ । जति अभिभावकको भूमिका बालबालिकाको जीवनमा हुन्छ त्यति बाहिरी स्रोतबाट कमै पर्दछ तसर्थ बालबालिकालाई माया, नम्र बोली र समय दिनुपर्ने आजको आवश्यकता हो ”

हरेक अभिभावकले दिनको केही समय आफ्नो बालबालिकालाई दिनु नै बालबालिकाको जीवनको लागि सर्वश्रेष्ठ उपहार हो ।

– M Grundler

यिनै भनाइलाई अपनाएर यस तनावपूर्णं घडिमा आफ्नै परिवार र बालबालिकासँग रमाउँदै घरमै बसेर यस माहामारी बिरुद्ध एकजुट भएर लडौं र कठिनाइसँग लडिरहेकाहरुलाई सहयोग गरौैं ।

(लेखिका स्कुल अफ ट्रेनिङकी संचालक, प्रशिक्षक तथा बाल कथा लेखक हुन् साथै किवानिज नेपाल, दाङकी अध्यक्ष पनि हुन् । )

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्