युरोकप फुटबल अन्तर्गत आज तीन खेल हुँदै – Kanika Khabar
Saturday, May 18Nepali News Portal

युरोकप फुटबल अन्तर्गत आज तीन खेल हुँदै

    मा प्रकाशित

१६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत आज विभिन्न तीन खेलहरु हुँदैछ । युरोकपमा आज समूह ‘ए’ को एक खेल र समूह ‘बी’दुई खेल हुनेछ । आजहुने पहिलो खेलमा समूह ‘ए’ मा रहेको वेल्स र स्विजरल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । यीदुई टोलीबीचको खेल नेपाली समय अनुसार साँझ ६ः४५ मा सुरु हुनेछ । यस्तै समूह ‘बी’को पहिलो खेलमा डेनमार्क र फिनल्याण्डबीच खेल हुनेछ ।

 

यीदुई टोलीबीचको खेल राति ९ः४५ मा सुरु हुनेछ भने समूहको दोस्रो खेलमा बेल्जियम र रुसबीचप्रतिस्पर्धा हुनेछ । रुसमाहुने दुई टिमबीचको खेल राति १२ः४५ मा सुरु हुनेछ । यसअघिहिजो भएको खेलमा इटालीले जितहातपारेको छ ।

 

प्रतियोगिताको उद्घाटन खेलमा इटालीले विजयी सुरुवात गरेको हो । रोममाभएको खेलमा टर्कीलाई ३–० गोल अन्तरले पराजितगर्दै इटालीले सुखद सुरुवात गरेको हो । यस जितसँगै समूह ‘ए’ को इटाली पहिलो खेलमा महत्वपूर्ण ३ अङ्क जोड्दै शिर्ष स्थानमा रहेको छ । टर्कीले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ । टर्की पुछारमा रहेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्