स्थानीयले नमुना बनाउँदै अम्बिका मा.वि. क्वारअन्टिन – Kanika Khabar
Friday, April 26Nepali News Portal

स्थानीयले नमुना बनाउँदै अम्बिका मा.वि. क्वारअन्टिन

    मा प्रकाशित

कनिका संवाददाता
जेठ २२, दाङ ।
घोराही उपमहानगरपालिका वडा नं. १ हर्नोकमा रहेको श्री अम्बिका माविको क्वारअन्टिनमा बसेकाहरुका लागि स्थानीयले नै खानाको व्यवस्थापन गरेका छन् । भारतबाट आएकाहरुलाई स्थानीय निकायले अनिवार्यरुपमा १४ दिन क्वारअन्टिनमा राख्ने नियमन बनाएपछि सम्बन्धित वडाले आफ्नो वडावासीलाई क्वारअन्टिनको व्यवस्थापन गर्दै आएका छन् ।

वडा नं. १ को श्री अम्बे माविको क्वारअन्टिनमा बसोबास गर्दै आएका मानिसका लागि घरबाट खाना लिँदा झनै सङ्क्रमण बढ्ने खतरा हुने भएकाले स्थानीयहरुको एक समूहले खाना व्यवस्थापन गर्दै आएको छ । साथै अधिकांशको घरमा खाद्यान्नको अभाव भएका कारण पनि स्थानीयहरुले नै क्वारअन्टिनमा बसेकालाई खानाको व्यवस्थापन गर्दै आएको अभियन्ता दिलिप गिरीले बताए ।

क्वारअन्टिन व्यवस्थापनका लागि गठन भएको २५ जनाको समूह, स्थानीय व्यवसायी, बुद्धिजीवी, स्थानीयवासी तथा विद्यालयका शिक्षक कर्मचारीहरुको सहयोगमा आर्थिक तथा खाद्यान्न सङ्कलन गरेर क्वारअन्टिनलाई नमुना बनाउने प्रयास गरिएको छ । साथै क्वारअन्टिनको सरसफाइ तथा खाना बनाउनका लागि तीन जना कर्मचारीसमेत नियुक्त गरिएको गिरीले बताए । उनले भने, ‘‘ प्रति कर्मचारी मासिक १० हजार पारिश्रमिकका दरले कर्मचारी नियुक्त गरेका छौँ, यहाँ बस्नेहरुका लागि सहज बनाउनका हामीले यस्तो पहल थालेका हौँ, कर्मचारीहरु २४ सै घण्टा क्वारअन्टिनमा नै बस्नुहुन्छ । सङ्क्रमणबाट सुरक्षित रहन र राख्नका लागि पनि निकै प्रयास गरेका छौँ ।’’
अहिले यस क्वारअन्टिनमा ८३ जना बस्दै आएका छन् । अझै कसैको आरडिटी तथा पिसिआर परिक्षण भएको छैन ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्