साहित्यकार थापाको कृति ‘नाकावासीका सपना’को समिक्षा – Kanika Khabar
Thursday, June 12Nepali News Portal

साहित्यकार थापाको कृति ‘नाकावासीका सपना’को समिक्षा

    मा प्रकाशित

दाङ,३१ जेठ ।

राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङको १७७ औं नियमित कृति समिक्षा श्रृङखला अन्तर्गत
साहित्यकार नीमबहादुर थापा ‘नूरदेव’द्वारा लिखित नियात्राको समीक्षा गरिएको छ ।

कोरोना भाइरसको जोखिमको समयमा परिषद्ले अनलाइन भर्चुअल (जुम) मार्फत आयोजना गरेको सप्तरङ्गी अक्षरयात्रा कार्यक्रम–२०७८ अन्तर्गत पहिलो कार्यक्रमका रुपमा साहित्यकार थापाको कृति नाकावासीका सपनाको समिक्षा गरिएको हो ।

राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका अध्यक्ष दीपक शर्मा ‘समीर’को अध्यक्षता एवम् परिषद्का केन्द्रिय संस्थापक अध्यक्ष बरिष्ठ साहित्यकार तथा पत्रकार नारायणप्रसाद शर्माको प्रमुख आतिथ्यता एव परिषद्का केन्द्रीय बरिष्ठ उपाध्यक्ष साहित्यकार टिकाराम उदासीको बिशिष्ठ आतिथ्यमा कृति समिक्षा गरिएको हो ।

कार्यक्रममा राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका निवर्तमान अध्यक्ष एवम् बर्तमान सल्लाहकार साहित्यकार कमलमणि देबकोटाले ‘नाकाबासीका सपना’ नियात्रा पुस्तकको समीक्षा गरेका थिए । पुस्तकका लेखक साहित्यकार नीमबहादुर थापा नूरदेवले पुस्तक लेखनका बारेमा धारणा राख्ेका थिए । उक्त जुम मार्फत सञ्चालन गरिएको कार्यक्रममा केन्द्रीय तथा जिल्लाका पदाधिकारी र सल्लाहकारज्यूहरूको समेत बाक्लो सहभागीता रहेको थियो ।

राप्ती साहित्य परिषद् जिल्ला शाखा प्यूठानका अध्यक्ष बिमला खनाल, रोल्पाका अध्यक्ष कविता उपाध्याय, रूकुम पश्चिमका अध्यक्ष मनलाल वली र रूकुम पुर्वका अध्यक्ष कमानसिह बिष्टलगायत विभिन्न जिल्ला तथा देश बाहिर रहनु भएका साहित्यकारज्यूहरूको समेत सहभागिता रहेको थियो ।

समीक्षा कार्यक्रममा ‘नाकाबासीका सपना’ नियात्रा पुस्तकको समीक्षा गर्ने अवसर परिषद्लाई प्रदान गरेकोमा साहित्यकार नीमबहादुर थापा नूरदेवलाई प्रशंसा पत्र प्रदान गर्नुका सथै कार्यक्रम राष्ट्रियगानबाट शुभारम्भ गरिको थियो । परिषद् जिल्ला शाखा दाङका उपाध्यक्ष शारदा शर्माको स्वागत मन्तव्य तथा कार्यक्रमको सहजीकरण सचिव प्रकाश केसीले गरेका थिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्