निर्वाचन आयोगको निर्णय पूर्वाग्रहपूर्ण रहेको जसपा अध्यक्ष यादवको आरोप – Kanika Khabar
Friday, April 26Nepali News Portal

निर्वाचन आयोगको निर्णय पूर्वाग्रहपूर्ण रहेको जसपा अध्यक्ष यादवको आरोप

    मा प्रकाशित

असार १, काठमाडौँ ।
जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले चार जना नेतालाई गरेको कारबाहीलाई मान्यता नदिने निर्वाचन आयोगको निर्णय पूर्वाग्रहपूर्ण रहेको आरोप लगाउनुभएको छ ।

 

आज प्रेस विज्ञप्ति जारी गर्दै अध्यक्ष यादवले अर्का अध्यक्ष महन्थ ठाकुर लगायतका नेतालाई अनुशासन सम्बन्धी कारबाही गर्दै पार्टीको जिम्मेवार पदबाट हटाई अध्यावधिक गर्न दिएको पत्रका साथै निर्वाचन आयोगले मागे बमोजिम सबै कागजात एवम् प्रमाणहरु समेत बुझाई पार्टीको दल दर्ता किताबमा अध्यावधिक गर्नका लागि पठाएकोमा आयोगको बैठकले अस्वीकार गरेकाप्रति ध्यानाकर्षण भएको जनाउनुभएको छ ।

आयोगको जेठ ३० गते बसेको बैठकले जसपाका दुवै अध्यक्ष यादव र ठाकुर पक्षले एक अर्कालाई गरेको कारबाहीलाई मान्यता नदिने निर्णय गरेको थियो । निर्णयले आयोगबाट निष्पक्ष, तटस्थ भूमिका निर्वाह हुन नसकेको र पूर्वाग्रहपूर्ण रहेको यादव पक्षले निष्कर्ष निकालेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्