युरोकपमा आज बिभिन्न तीन खेलहरू हुँदै – Kanika Khabar
Friday, April 26Nepali News Portal

युरोकपमा आज बिभिन्न तीन खेलहरू हुँदै

    मा प्रकाशित

असार ३, दाङ ।
१६ औँ संस्करणको युरोकप फुटबलमा आज बिभिन्न तीन खेल हुँदैछन् । युरोकपको समूह चरण अन्तर्गत आज समूह ‘सी’ को दुई खेल र समूह ‘बी’ को एक खेल हुनेछ । आज हुने पहिलो खेलमा युक्रेन र नर्थ म्यासेडोनियाबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘सी’ मा रहेको दुई टोलिबीचको खेल साँझ ६ः४५ बजे सुरु हुनेछ । समूह ‘बी’ को बेल्जियम र डेनमार्कबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ ।

 

पहिलो खेलमाबेल्जियमले रुसलाई ३–० ले हराएको थियो । आज हुने तेस्रो खेल नेदरल्यान्ड्स र अष्ट्रियाबीच राति १२ः४५ बजे प्रतिस्पर्धा हुनेछ । नेदरल्यान्ड्स लगातार दोस्रो जित निकाल्ने योजनामा रहनेछ । यी दुवै समूह ‘सी’ मा रहेका टिम हुन् । इटाली भने १६ औँ संस्करणको युरोकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । रोममा गएराति भएको समूह चरणको दोस्रो खेलमा स्विजरल्याण्डलाई ३–० गोल अन्तरले पराजित गर्दै इटाली नकआउट चरणमा प्रवेश गरेको हो । ओलम्पिक स्टेडियममा इटालीलाई जित दिलाउन म्यानुएल लोकाटेलीले दुई गोल गर्नुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्