ह्विल चियर पाएका अपांगता व्यक्ति भन्छन् ‘अब आफैले मतदान स्थलसम्म पुगी मतदान गर्न पाउने भयाैैँ’ – Kanika Khabar
Friday, April 26Nepali News Portal

ह्विल चियर पाएका अपांगता व्यक्ति भन्छन् ‘अब आफैले मतदान स्थलसम्म पुगी मतदान गर्न पाउने भयाैैँ’

    मा प्रकाशित

शिवु खनाल
दाङ, ९ असार ।
असक्तत, पूर्णरूपमा अपांगता भएका व्यक्तिहरु एक ठाउँबाट अर्को स्थानमा कसरी पुग्ने ? प्रकृतिले हामीलाई ठग्यो । बैशाखीको साहाराबाट धेरै टाढा पुग्न सकिदैँन । आर्थिक समस्या भएकै कारण ह्विल चियर किन्न सकिएको छैन, लमही नगरपालिका वडा नम्बर ७ बनघुस्री निवासी अञ्जली चौधरीले भन्नुभयो,–। ‘असक्तता, पूर्णरूपमा अपांगता भएका व्यक्तिहरुले व्यवसायिक रुपमा फुथपाथमा सामान बेच्दा हप्काउने गरेको उनले दुखेसो पोखिन् । मैले फुथपाथमा व्यवसायि नगरेपनि हामी जस्तै यो समाजमा धेरै असक्तता, पूर्णरूपमा अपांगता भएका व्यक्तिहरु हुनुहुन्छ । के उहाँहरु जस्तै अन्य अपांगता भएका व्यक्तिहरुलाई फुथपाथमा आफ्नो व्यवसायि गर्न पाउने अधिकार छैन ? संघर्षका अर्का पात्र असक्तता, पूर्णरूपमा अपांगता भएका व्यक्ती नै हुन् ।

दाङको लमही नगरपालिका वडा नम्बर ७ को वडा कार्यालयले आठजना अपांगता भएका व्यक्तिहरुलाई निशुल्क ह्विल चियर वितरण गरेको छ । मंगलवार वडा अन्तरगत भित्र रहेको असक्तत, पूर्णरूपमा अपांगता भएका व्यक्तिहरूलाई ह्विल चियर वितरण गरेको हो । यता ह्विल चियर पाएका लमही नगरपालिका वडा नम्बर ७ बनघुस्री निवासी जितमान चौधरीले आफुलाई सहज हुने भन्दै खुसी व्यक्त गर्नुभएको थियो । ह्विल चियर नहुदाँ गत निर्वाचनमा मताधिकारबाट वञ्चित भएको थिए । अव आउँदो निर्वाचनमा सहभागि हुन पाइने भयो, उहाँले भन्नुभयो ।

लमही नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष मोहन गिरीले अव निर्माण हुने सम्पुर्ण भौतिक संरचना अपाङग मैत्री हुनुपर्नेमा जोड दिनुभयो । अपाङ्ग मौत्री भवनहरु अझै बन्न नसकेको बताउदै, समाजले अपाङलाई हेर्ने दृष्टिकोणमा समेत परिवर्तन हुनुपर्ने वडाधयक्ष गिरीले बताउनुभयो । सरकारले अपाङ्ग सम्बन्धि बनेका कानुनलाई प्रभावकारी कार्यान्वयन गर्नुपर्ने हुन्छ, वडाध्यक्ष गिरीले भन्नुभयो,–। ‘अपाङ्ग भएका व्यक्तिलाई तिनै तहका सरकारले विशेष प्रकारको तालिम संचालन गरेर रोजगारीको सिर्जना गर्दै हरेक क्षेत्रमा अपाङ्ग मैत्री भौत्रिक संरचना निर्माण गर्नुपर्छ ।´

अपांगलाई संरक्षण र हिडडुल गर्न सजिलो होस् भन्ने उदेश्य र अपांग भएका व्यक्तिहरुको जिवन शैलीमा सहजता तथा सकरात्मक परिवर्तन ल्याउन वडाका आठजना पूर्णरुपमा अपांगता भएका व्यक्तीलाई ह्विल चियर वितरण वडाध्यक्ष गिरीले बताउनुभयो । वडाध्यष गिरीले वडा कार्यालयबाट अपांग व्यक्तिहरुसगैँ बृद्ध, बृद्धाहरुलाई समेत विशेष सम्बोधन गर्दै आएको उल्लेख गरेका छन् । वडाभित्र रहेका सबै अपांग व्यक्तिहरुलाई आवश्यक्ता अनुसार अपांगता सहायता सामग्री वितरण गर्ने समेत वडाध्यक्ष गिरीले प्रतिवद्वता जनाउनुभयो ।

यस्तै कार्यक्रममा लमही नगर विकास समितिका पूर्वअध्यक्ष घनश्याम सुबेदीले अपाङ्ग व्यक्तिहरुका लागि वडा सरकारबाट ह्विल चियर वितरण अत्यन्त्य महत्वपूर्ण सामाजिक कार्य रहेको बताउनुभयो । कार्यक्रममको सहजीकरण वडाका सचिव शेरबहादुर चौधरीले गर्नुभएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्