शुल्क उठाउँदै देउखुरी कोरोना स्तरीय अस्पताल लमहीका स्वास्थ्यकर्मी – Kanika Khabar
Friday, April 26Nepali News Portal

शुल्क उठाउँदै देउखुरी कोरोना स्तरीय अस्पताल लमहीका स्वास्थ्यकर्मी

    मा प्रकाशित

शिवु खनाल
दाङ, १० असार  ।
कोरोना भाइरस (कोभिड १९) का संक्रमितहरुको निशुल्क उपचार गर्नको लागि दाङको देउखुरीका चारवटा स्थानीय पालिकाले संयुक्तरूपमा संचालनमा ल्याएको देउखुरी स्तरीय कोरोना अस्पतालले बिरामीका कुरुवाहरुसंगै अवैध रूपमा आफुखुसि पैसा असुलि गरेको कुरा बाहिर आएको छ । देउखुरीका चारवटा पालिका प्रमुख, सम्बन्धित पालिकाका स्वास्थ्य प्रमुख लगायत संयुक्त सहभागि बैठकको उपस्थितिमा कोभिडका संक्रमितहरुको उपचारमा लाग्ने सबै खर्च निशुल्क गर्ने भनेर निर्णय गरेको हो । तर, देउखुरी कोरोना स्तरीय अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले आफुखुसि उपचाररत बिरामीहरुको ग्लोबल डाइग्नोस्कि सेन्टर लमही प्रा.लीमा विभिन्न स्वास्थ्य चेकजाँच गरि रकम असुली गरेको भन्दै बिरामीहरूले आपत्ति जनाएका छन् । देउखुरी क्षेत्रका चारवटा पालिका संयुक्तरूपमा बीस÷बीस गरि असी लाख बजेट बिनियोजित गरेर कोभिडका बिरामीहरूको निशुल्क उपचार गर्नको लागि बैशाख अठार गते देउखुरी स्तरीय कोरोना अस्पतालको स्थापना गरिएको छ । तर सोही अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुले नै बिरामीका कुरुवाहरुसंगै विभिन्न मोटो रकमको विल हातमा थमाउदँै रकम असुली गरेका छन् ।
राजपुर गाउँपालिका वडा नम्बर ७ वनकट्ठी निवासी भिमबहादुर नेपालीले कोरोना संक्रमित आमाको उपचार गरेको तिन हजार छसय रुपैयाँ स्वास्थ्यकर्मीले भुक्तानी मागेको जानकारी दिनुभयो । उहाँका अनुसार ७० वर्षीय आमा धनकुमारी नेपालीलाई देउखुरी स्तरीय कोरोना अस्पतालमा गत २६ गते उपचारको लागी भर्ना गरिएको थियो । स्वास्थ्यकर्मीले अस्पतालबाट डिसचार्ज हुनुभन्दा एकदिन अगाडि बिरामीको दिशा, पिसाब, खकार र रगत चेकजाँच गरेको भन्दै तिनहजार छसय रुपैयाँ भुक्तानी मागेर लगेका हुन्, बिरामी कुरुवा भिमबहादुर नेपालीले भन्नुभयो । ‘संक्रमितको उपचारमा पैसा लाग्ने नलाग्ने मलाई थाहा थिएन । स्वास्थ्यकर्मी आएर एक्कासी हजुरको बिरामीको रगत बाहिर चेकजाँच गरेको भन्दैँ तिनहजार छसयको विल हातमा थमाउनु भएको हो । भुक्तानी दिएर डिषचार्ज हुने भनेपछि मैले स्वास्थ्यकर्मीलाई विल लिएर भुक्तानी गरेको हुँ, कुरुवा नेपालीले भन्नुभयो ।’
यता लमही नगरपालिका वडा नम्बर ५ रातोँ डाँडा निवासी संक्रमित विष्णु गिरी र रमा गिरीको रगत चेकजाँच गरेको दशहजारको विल हातमा थपाएर कोरोना अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले भुक्तानी मागेको बिरामीका कुरुवा माधब गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार असार दुईगते बेलुका अंकल विष्णु गिरी र अन्टी रमा गिरीलाई उपचारको लागी लमहीमा संचालित कोरोना स्तरीय अस्पतालमा भर्ना गरेको थिए । केहीदिन पछि दुबैजना अंकल अन्टीको रगत चेकजाँच गरेको स्वास्थ्यकर्मीले दश हजार भुक्तानी मागेका हुन् । तर मैले दिएको छैन । अंकल अन्टी अस्पतालमा उपचाररतमा हुनुहुन्छ, उहाँले भन्नुभयो ।
देउखुरी कोरोना स्तरीय अस्पतालमा कार्यरत स्वाथ्यकर्मीले लमही अस्पतालमा स्वास्थ्य चेकजाँचको व्यवस्था छैन अन्य बाहिर ग्लोबल डाइग्नोस्कि सेन्टर लमही प्रा.लीमा चेकजाँचको लागी लैजानुपर्छ भन्दै स्वास्थ्यकर्मीहरुले बिरामीका कुरुवाहरुसंगै पैसा असुली गर्दै आइरहेको कुरा बाहिरीयता पनि पालिका प्रमुखहरुले यस विषयमा चासो देखाएका छैनन् । देउखुरीका चार वटा स्थानीय पालिकाले देउखुरी कोरोना अस्पताल संचालन गर्नका लागि ८० लाख रुपैयाँ संकलन गरेको थियो । बिरामी भएर कोभिड अस्पतालमा पुगेका बिरामीलाई उपचार गर्दा लाग्ने खर्च सबै पालिकाले संकलन गरेको ८० लाख रुपैयाँ बाटै भुक्तानी गर्ने निर्णय भएको राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुबेदीले बताउनुभयो । यस्तै देउखुरी कोरोना स्तरीय अस्पतालका इञ्चार्ज डाक्टर पुष्प भुषालले लमही अस्पतालमा स्वास्थ्य चेकजाँच नहुने भएपछि बिरामीलाई सोधेर उपचाररत बिरामीहरुको ग्लोबल डाइग्नोस्कि सेन्टर लमही प्रा.लीमा विभिन्न स्वास्थ्य चेकजाँच गरि रकम लिएको बताउनुभयो ।


निर्णय कार्यान्वयन फितलो
संक्रमण रोकथामका लागि देउखुरी क्षेत्रका चारवटा पालिकाले विभिन्न निर्णय गरे पनि कार्यान्वयन भने हुन सकेको छैन । कोभिड अस्पताल व्यवस्थापन, आवश्यक जनशक्ति भर्ना, उपकरण र औषधि आपूर्ति गर्ने निर्णय गरे पनि कार्यान्वयन नभएको हो । निःशुल्क उपचार भनिए पनि औषधि खरिद गर्नुपरेको संक्रमितका आफन्तहरूले बताउछन् । देउखुरी स्तरीय कोरोना अस्पतालको जिम्मेवारी वहन गरिरहेका स्वास्थ्यकर्मीले नै दुवैतर्फ काम गरिरहेका छन् । तर उनीहरूको भूमिका चित्तबुझ्दो छैन । अक्जिनको आवश्यक पर्ने कोभिडका बिरामीहरुलाई स्थानीय तहले स्थापना गरेको कोरोना स्तरीय अस्पताल लमहीमा पठाउने गरेका थिए । कोरोना स्तरीय अस्पताल लमहीमा शुल्क तिर्नुपर्ने भएपछि अस्पतालमा कोभिडको उपचारका लागी आउने बिरामीहरुको संख्यामा नै कमी आएको छ । शुल्क लिन थालेपछि संक्रमित अस्पताल जान छाडेका छन् । देउखुरी क्षेत्रमा कोरोना संक्रमण तीव्रगतिमा बढ्दै गए पनि नियन्त्रणका लागि देउखुरीका स्थानीय तहले संचालनमा ल्याएको कोरोना स्तरीय अस्पताल फितलो भएको भन्दै स्थानीयहरु आलोचना गरेका छन् । कोरोनाले भारत आक्रान्त बनेकोले नेपालमा पनि संक्रमितको संख्या बढ्न सक्ने भए पनि दाङ देउखुरीका स्थानीय तहको सुरुदेखी नै तयारी फितलो भएको स्थानीयको आरोप छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्