प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दामा आज पनि बहस – Kanika Khabar
Friday, April 26Nepali News Portal

प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दामा आज पनि बहस

    मा प्रकाशित

असार ११, काठमाडौँ ।
प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दामा आजपनि संवैधानिक इजलासमा बहस हुने भएको छ । रिट निवेदकको तर्फका कानुन व्यावसायीले अस्ति र हिजो लगातार बहस गरेका थिए । रिट निवेदक र सरकारी पक्षलाई सर्वोच्च अदाललते १५/१५ घण्टाको समय निर्धारण गरेको छ । रिट निवेदकको तर्फबाट बहसका लागि आब ४ घण्टा ४५ मिनेट समय बाँकी छ । त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा कानुन व्यावसायीले बहस गर्नेछन् ।

हालसम्म रिट निवेदकको तर्फबाट बहसमा भाग लिएका कानुन व्यावसायीहरूले संसद् पुनस्र्थापना गरेर शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न र शपथ गराउन सर्वोच्च अदालतले आदेश दिनुपर्ने माग गरेका छन् ।

हिजोको बहसमा सहभागी हुँदै वरिष्ठ अधिवक्ता हरि उप्रेतीले राष्ट्रपति विवादमा परेको र निष्पक्ष समेत नरहेकाले फेरि पनि संविधान अनुसार अगाडि बढ्नेमा प्रश्न उठाउनुभयो । वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले अदालतबाटै प्रस्ट आदेश आउनुपर्ने बताउनुभयो । वरिष्ठ अधिवक्ता शेरबहादुर केसीले धारा ७६ को उपधारा (३) अनुसार नै केपी ओली अयोग्य भएकाले मार्ग प्रशस्त गर्छु भनेपछि फेरि प्रधानमन्त्रीको दावी पेश गर्न नमिल्ने जिकिर गर्नुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्