पार्टी त्यागेपछि १४ जना जनप्रतिनिधि पदमुक्त – Kanika Khabar
Friday, April 26Nepali News Portal

पार्टी त्यागेपछि १४ जना जनप्रतिनिधि पदमुक्त

    मा प्रकाशित

असार ११, काठमाडौँ ।
निर्वाचन आयोगले माओवादी केन्द्रबाट चुनाव जितेर एमाले प्रवेश गरेका १४ जना जनप्रतिनिधि पदमुक्त भएको जनाएको छ । माओवादी केन्द्रले कारबाही गरेपछि आयोगले १४ जनप्रतिनिधिको पद रिक्त गरेको हो ।

२०७४ सालको चुनावमा माओवादी केन्द्रको तर्फबाट उमेद्वार भएर विजयी भएका तर दल त्याग गरेका उनीहरूलाई माओवादी केन्द्रले पदमुक्त गर्न माग गर्दै निर्वाचन आयोगलाई यसअघि जानकारी गराएको थियो । त्यसैका आधारमा आयोगले निर्णय गरिएको विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

पदमुक्त भएकामध्ये दुई मेयर र पाँच उपमेयरसहित १४ जनप्रतिनिधि रहेका छन् । आयोगका अनुसार रौतहटको मैलापुर नगरपालिकाका मेयर रिनाकुमारी शाह र कटहरीया नगरपालिकाका मेयर सियारामप्रसाद कुशवाह, महोत्तरीको साम्सी गाउँपालिकाका अध्यक्ष शेष फारुक, रौतहटको देवाहीगुनाही नगरपालिकाका उपमेयर परनिया देवी, मैलापुर नगरपालिकाका उपमेयर गौरीशंकरप्रसाद, फतुवा विजयपुर नगरपालिकाका उपमेयर कान्ति देवी, माधवनारायण नगरपालिकाका उपमेयर सिमलकुमारी शाह, यमुनामाई गाउँपालिकाका उपाध्यक्ष श्रीमती गीतादेवी साह र कैलालीको भजनी नगरपालिकाका उपमेयर छायाँदेवी देवकोटा पदमुक्त हुनुभएको छ । ओखलढुंगाको चम्पादेवी गाउँपालिका ७ का वडा अध्यक्ष सुरेश कुमार थापा, कैलालीको गौरीगंगा नगरपालिका ४ का वडा अध्यक्ष भागरथी विष्ट, गोदावरी नगरपालिका १ काशर्मानन्द भट्ट र बर्दगोरिया नगरपालिका ४ का वडा अध्यक्ष पुरन सिंह विसी पनि पदमुक्त हुनुभएको सूचना आयोगले निकालेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्