दाङको घोराहीमा युरो किड्स विद्यालय सञ्चालमा – Kanika Khabar
Friday, April 26Nepali News Portal

दाङको घोराहीमा युरो किड्स विद्यालय सञ्चालमा

    मा प्रकाशित

२७ असार, दाङ ।
दाङको घोराहीमा युरो किड्स विद्यालय सञ्चालमा आएको छ। घोराही उपमहानगरपालिका वडा नम्बर १५ मा कक्षा १ सम्म पठन पाठन सञ्चालन गर्ने गरी युरो किड्स विद्यालय सञ्चलनमा आएको हो ।

विद्यालयको आज उद्घाटसमेत गरिएको छ । विद्यालयको उद्घाटन गर्दै प्रमुख अतिथि घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीले वालवालिकाको इच्छा अनुसार विद्यालयले शिक्षा दिन सक्नु पर्ने बताउनुभयो । अहिले वालवालिकाको मानोविज्ञानलाई नबुझेर बाबुआमाको इच्छा अनुसार शिक्षा दिइने गरेको छ, उहाँले भन्नुभयो, त्यस्तो गर्नुहुदैन, बालबालिकाको मनोविज्ञान अनुसार विद्यालयले शिक्षा दिन आवश्यक छ ।

 

यस्तै विशिष्ट अतिथि घोराही उमहानगरपालिका वडा नम्बर १५ का वडाध्यक्ष रमेश कुमार पाण्डेले विद्यालय मात्र खोल्ने तर गणस्तरीय शिक्षामा जोड दिन नसकेको तिर संकेत गर्दै विद्यालयले गुणस्तरीय शिक्षामा जोड दिन आवश्यक रहेको बताउनुयभो । विद्यालयका अध्यक्ष कैलाश खत्रीको अध्यक्षतामा भएको कार्यक्रमा विद्यालयका प्रध्यानाध्यापक सुधीर बस्यालले विद्यालयले गुणस्तरीय शिक्षामा जोड दिएको भन्दै त्यसमा कुनै कमी हुन नदिने बताउनुयो ।

उहाँले गुणस्तरीय शिक्षाका लागि एउटा कक्षामा १६ जना भन्दा बढी विद्यार्थी नराखिने बताउनुभयो । उहाँले भारतमा केन्द्रिय कार्यालय रहेको युरो किड्स विद्यालय एसिका विभिन्न देशमा स्कुल विस्तार भएको बताउनुभयो । उहाँका अनुसार अहिले युरो किड्स घोराहीमा कक्षा १ सम्मको पठन पाठान हुने छ ।

स्कुलका फाउन्डर अजय केसीको स्वागत मन्तव्यबाट सुरु भएको उद्घटन कार्यक्रमको सञ्चालन भने मिनराज भाटले गर्नुभएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्