वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधि टिकरीलाई – Kanika Khabar
Friday, April 26Nepali News Portal

वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधि टिकरीलाई

    मा प्रकाशित

लक्ष्मण बस्नेत
साउन ६ दाङ ।
दाङ तुलसीपुर ८ को अश्वारामा संचालित वडा स्तरीय फुटबल प्रतियोगिता २०७८ को उपाधि टिकरी युथ क्लबले जितेको छ ।
अश्वारा युथ क्लव तुलसिपुर ८ को आयोजनामा माबी अश्वारा को खेल मैदानमा सम्पन्न फाईनल खेलमा बि.वाई.सि युथ क्लब बुटुनिया लाई शून्य का बिरुद्ध १ गोल अन्तर ले पराजित गर्दै टिकरी युथ क्लब ले उपाधी जितेको हो ।
उपाधी संगै उसले नगद १२ हजार १ सय तथा प्रमाणपत्र हात पार्‍यो । फाईनलमा सम्मानजनक हार ब्यहोरेको बि.वाई.सी. उपबिजेतामा सिमित रहदै नगद ५ हजार १ सय र प्रमाणपत्रमा चित्त बुझाउन बाध्य भयो  स्थानिय स्तरका दर्शकहरुको शानदार उपस्थिती मा भएको कडा प्रतिस्पर्धा र रोमाञ्चक खेलको ५५ औ मिनेटमा जर्सि न ४० का समीर डागिले गरेको गोल नै निर्णायक गोल सावित भयो ।
प्रतियोगिता अबधिभर रेफ्रीको भुमिकामा देब राज बस्नेत, नवीन सेन ठकुरी र बिवेक खड्का रहेका थिए !
साउन १ गते देखि सुरु भएको प्रतियोगितामा ८ टिमको सहभागिता रहेको थियो ।
यसैबीच प्रतियोगिताको समापन समारोह अश्वारा युथ क्लबका अध्यक्ष प्रबिन सेन ठकुरी को अध्यक्षता तथा तुलसिपुर उपमहानगरपालिका वडा न ८ का वडा अध्यक्ष बेद बहादुर केसिको प्रमुख आतिथ्य एव खेलप्रेमी युवा समाजसेवी किरण बहादुर शाह र नारायण भट्टराई को बिशिस्ट आतिथ्य मा भएको थियो ।
समापन समारोह लाई सम्बोधन गर्दै प्रमुख अतिथी केसि ले खेलकुद मानव जिवनको अभिन्न अंग भएको बताउनु भएको छ ! मानव स्वास्थ्य संगै रास्ट्रको शान र गौरव उच्च राख्ने एक दरिलो माध्यम खेलकुद नै हो यसर्थ यो जिवनको अभिन्न अंग हो उहाँले भन्नू भयो ! यसको उच्च आदर्श लाई खेलाडी ले आत्मसात गर्दै अनुशासन पुर्वक खेल खेल्न आग्रह गर्नु भयो ।
साथै उहाँले वडामा स्थापित क्लब तथा खेलाडीहरु लाई लक्षित गर्दै खेलमैदान निर्माण र आवश्यक खेल सामग्री उपलब्ध गराउने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो ।

कार्यक्रममा तुलसिपुर उपमहानगरपालिका मेयर घनश्याम पाण्डेका स्वकिय सचिव धर्म ओलि,समासेवी जुद्व बहादुर खत्री लगाएतले शुभकामना मन्तव्य राख्नु भएको थियो ! सो अबसरमा प्रतियोगिता अबधिभर सात गोल गर्ने टिकरी युथ क्लबका क्याप्टेन जर्सी न ११ का सन्दिप बिक लाई सर्वाधिक गोलकर्ता घोषित गरिएको थियो ।
श्रीधर साहुको स्वागत रहेको कार्यक्रमको संचालन गङ्गा राम बस्नेतले गर्नु भएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्