गरिबीको रेखामुनि रहेका जनतालाई निःशुल्क विद्युत उपलब्ध गराउने मन्त्री भुसालको भनाइ – Kanika Khabar
Tuesday, May 21Nepali News Portal

गरिबीको रेखामुनि रहेका जनतालाई निःशुल्क विद्युत उपलब्ध गराउने मन्त्री भुसालको भनाइ

    मा प्रकाशित

साउन ११, दाङ ।
ऊर्जा, जलस्रोत तथा सिचाइँ मन्त्री पम्फा भुसालले गरिबीको रेखामुनि रहेका जनतालाई निःशुल्क विद्युत् उपलब्ध गराउने बताउनुभएको छ ।

आज सिंहदरवारस्थित आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गरी उहाँले गरिबीको रेखामुनि रहेका जनतालाई निःशुल्क विद्युत् उपलब्ध गराउने बताउनुभएको हो । मन्त्री भुसालले गरिबीमा रहेका जनतालाई निःशुल्क विद्युत दिने अवधारणा अघि सारेपनि निर्णय भने भइनसकेको स्पष्ट पार्नुभयो । यो आफ्नो निर्णय नभई अवधारणा भएको उहाँले बताउनुभयो ।

मन्त्री भुसालले विद्युत महसुल सस्तो बनाउने योजना पनि अघि सारेको जानकारी पनि दिनुभयो । मन्त्री भुसालले विद्युत उत्पादन बढाउन निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढने प्रतिवद्धता पनि जनाउनुभयो । मन्त्री भुसालले कृषि योग्य सबै जमिनमा सिँचाइको व्यवस्था गर्ने पनि धारणा राख्नुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्