नेपालमा थप ३ हजार ४ सय २१ जनामा कोरोना सङ्क्रमण, २५ जनाको मृत्यु – Kanika Khabar
Tuesday, May 21Nepali News Portal

नेपालमा थप ३ हजार ४ सय २१ जनामा कोरोना सङ्क्रमण, २५ जनाको मृत्यु

    मा प्रकाशित

साउन ११, दाङ ।
नेपालमा थप ३ हजार ४ सय २१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा १२ हजार २ सय ७२ कोरोना परीक्षण गर्दा उनीहरुमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा हालसम्म ७ लाख ३८ हजार ९ सय १५ जना कोरोना भाइरसका कारण सङ्क्रमित भएका छन् । यस्तै गत २४ घन्टामा देशभर १ हजार ६ सय ८६ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् ।

योसँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणपछि निको हुनेको संख्या ५५ हजार ९ सय ७१ पुगेको छ । यस्तै गत २४ घन्टामा थप २५ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ९ हजार ७ सय ३८ पुगेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्