इजरायलमा १ हजार कामदार जान पाउने, अनलाइन आवेदन खुल्यो, मासिक करिब २ लाख आम्दानी – Kanika Khabar
Tuesday, May 21Nepali News Portal

इजरायलमा १ हजार कामदार जान पाउने, अनलाइन आवेदन खुल्यो, मासिक करिब २ लाख आम्दानी

    मा प्रकाशित

साउन १२, दाङ ।

इजरायलले नेपालबाट सुसारे अर्थात केयर गिभरको रुपमा १ हजार नेपाली दक्ष श्रमिकको माग गरेपछि वैदेशिक रोजगार विभागले आवेदन खुलाएको छ । इजरायलबाट बालबालिका र वृद्धवृद्धाको हेरचाह गर्ने कामदारको रुपमा माग आएको हो ।

 

इजरायल र नेपाल सरकारबीच भएको सम्झौता अनुसार इजरायलबाट माग आएको र आज विज्ञापन खुलाइएको वैदेशिक रोजगार विभागका निर्देशक महेन्द्रनाथ भट्टराईले  जानकारी दिनुभयो । उहाँका अनुसार इजरायलमा दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदारको रूपमा काम गर्नका लागि योग्यता पुगेका नेपाली नागरिकले आवेदन खुला गरिएको २१ दिनभित्रमा विभागको वेबसाइटबाट आवेदन दर्ता गर्न सक्नेछन् । अनलाइन आवेदन वैदेशिक रोजगार विभागको वेबसाइट https://ferms.dofe.gov.np/israel/login मा गएर भर्न सकिनेछ ।

 

नेपालबाट २५ देखि ४५ वर्ष उमेरका,कक्षा १२ उतीर्ण गरेका , यससम्बन्धि तालिम लिएका तथा स्वास्थ्य सम्बन्धी विषय पढेका व्यक्ति इजरायल जान पाउनेछन् । नेपाल र इजरायल सरकारबीच २०७७ असोज १४ गते नेपाली श्रमिक इजरायल पठाउने विषयमा श्रम सम्झौता भएको थियो । प्रतिष्पर्धाको आधारमा श्रमिक छनौट हुने वैदेशिक रोजगार विभागले जनाएको छ ।

मासिक तलब लगभग एक हजार छ सय अमेरिकी डलर (एक लाख ८८ हजार भन्दा बढी नेपाली रुपैयाँ) हुने उल्लेख गरिएको छ।

जसमा ओभर टाइम र सेवासुविधा इजरायली सरकारको नियमअनुसार हुने छ। काम हप्तामा छ दिन गर्नुपर्नेछ। खाने खर्च कामदार आफैँले व्यवस्था गर्नुपर्नेछ।

बस्ने सुविधा भने रोजगारदाताले विदेशी कामदार सम्बन्धी नियमअनुसार व्यवस्था गर्ने उल्लेख गरिएको

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्