विदेश जाने श्रमिक र विद्यार्थीले काठमाडौँका दुई अस्पतालबाट खोप लगाउन पाउने – Kanika Khabar
Tuesday, May 21Nepali News Portal

विदेश जाने श्रमिक र विद्यार्थीले काठमाडौँका दुई अस्पतालबाट खोप लगाउन पाउने

    मा प्रकाशित

साउन १२,काठमाडौँ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विदेश जाने श्रमिक र विद्यार्थीको लागि कोरोनाविरुद्धको खोप लगाउन दुई वटा अस्पताल तोकेको छ ।मन्त्रालयले एक सूचना जारी गर्दै अबदेखि विदेश जाने श्रमिक र विद्यार्थीले उपत्यकाको प्रहरी अस्पताल र सैनिक अस्पतालमा गएर कोरोनाविरुद्धको खोप लगाउन सक्ने जनाएको छ ।

 

खोप लगाउनको लागि पासपोर्ट र भिसा अनिवार्य देखाउनुपर्ने छ ।आफूलाई पायक पर्ने यी दुई अस्पतालमा गएर खोप लगाउन मन्त्रालयले भनेको छ ।पछिल्लो समय विभिन्न देशहरुले बाहिरबाट आउने कामदार र विद्यार्थीलाई कोरोना खोप अनिवार्य गरेपछि नेपाल सरकारले पनि खोपमा प्राथमिकता दिने निर्णय गरेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्