अवैध काठ सहित टेक्टर र दुईजना पक्राउ – Kanika Khabar
Wednesday, May 22Nepali News Portal

अवैध काठ सहित टेक्टर र दुईजना पक्राउ

    मा प्रकाशित

शिवु खनाल

देउखुरी, १२ साउन/

दाङको देउखुरी राजपुरघाटबाट अवैध काठ सहित प्रहरीले टेक्टर र दुई जनालाई पक्राउ गरेको छ । लमही नगरपालिका वडा नम्बर ३ मजगाँउ बस्ने वर्ष २५ का ज्ञानबहादुर चौधरी र वडा नम्बर २ फल्कापुर बस्ने वर्ष २१ का किसन चौधरीलाई अवैध ईपिलिपी जातको १८ थान गोलिया ओसारपसार गर्दै गर्दा वडा प्रहरी कार्यालय लमहीको मातहतमा रहेको अस्थाई प्रहरी पोष्ट नर्तीले नियन्त्रणमा लिएको थियो ।

साउन ११ गते अंन्दाजी ४ बजेको समयमा लमही नगरपालीका वडा नं. २ राजपुरघाट स्थित रा. १ त. ४०७३ नं. को ट्याक्टरमा अवैध रुपमा काठ ओसारपसार गरी रहेको अवस्थामा टेक्टर र दुई जनालाई नियन्त्रमा लिई अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्