रोटरी क्लब अफ लमहीमा दोस्रो पद हस्तान्तरण ‘अध्यक्ष भण्डारीद्धारा २०२१/०२२ का सम्पूर्ण बोर्ड सदस्यलाई पद तथा गोपनियताको सपथ ग्रहण’ – Kanika Khabar
Wednesday, May 22Nepali News Portal

रोटरी क्लब अफ लमहीमा दोस्रो पद हस्तान्तरण ‘अध्यक्ष भण्डारीद्धारा २०२१/०२२ का सम्पूर्ण बोर्ड सदस्यलाई पद तथा गोपनियताको सपथ ग्रहण’

    मा प्रकाशित

शिवु खनाल
दाङ, १२ साउन ।
रोटरी क्लब अफ लमहीमा पद हस्तान्तरण गरिएको छ । कार्यक्रममा २०२०/०२१ का अध्यक्ष रविलाल आचायले २०२१/०२२ का अध्यक्ष बसन्तकुमार भण्डारीलाई पदभार हस्तारण गरेका हुन् । कार्यक्रममा अध्यक्ष बसन्तकुमार भण्डारीले २०२१/०२२ का सम्पूर्ण बोर्ड सदस्यहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको थियो । पद हस्तान्तरण गर्दै रविलाल आचार्यले आफ्नो एक वर्षे कार्यकालमा गरेका महत्त्वपूर्ण कामका बारेमा जानकारी गराउँदै एकवर्षको अवधिमा रोटरीले कोभिड १९ सम्बनधी सचेतना अभियान, स्वास्थ्य सामग्री प्रदान लगायतका कामहरु सम्पन्न गरेको जानकारी गराउनुभयो । आचार्यले पद हस्तान्तरण गर्दै नयाँ अध्यक्ष भण्डारीलाई आफ्नो कार्यकालमा भन्दा अझ उत्कृष्ट काम गर्न शुभकामना समेत दिनुभयो ।
कार्यक्रमका रोटरी क्लव अफ नेपालका डि.जि.एन राजेन्द्र ध्वजुले रोटरी क्लवले विश्वमै सामाजिक कार्यमा अग्रपंक्तिमा रहेको बताउँदै विश्वमै रोटरीको योगदान उच्च रहेको बताउनुभयो । उहाँले रोटरीले स्थानीय सरकारसँग समन्वय, सहकार्य र हातेमालो गरेर सामाजिक कार्यमा आफ्नो छवि सधैं उच्च राख्न अनुरोध गर्दै, समाज सेवामा रोटरी रोटरीको भूमिका महत्वपूर्ण रहेको भन्दै अझै रचनात्मक काम गर्न सुझाव दिनुभयो । पदभार ग्रहण गर्दै अध्यक्ष बसन्तकुमरा भण्डारीले आगामी कार्ययोजनाको बारेमा जानकारी गराउँदै विभिन्न कामहरु गर्ने बारे योजना अघि सार्नुभएको थियो । कार्यक्रममा कोरोना भाइरस (कोभिड १९)को विषम परिस्थितिमा रोटरीलाई सहयोगको गरिएको भन्दै लमहीका विभिन्न संघसंस्थाहरुको उच्च मुल्यांकन गर्दै मायाको चिनोले सम्मान गरिएको छ ।
बसन्तकुमार भण्डारीको अध्यक्षतामा सोह्रजनाको बोर्ड र अठारजना बाकि अन्य सदस्य रहनु भएको छ । रोटरी क्लव अफ लमहीका अध्यक्ष बसन्तकुमार भण्डारीको अध्यक्षता एवम् लमही नगरपालिका प्रमुख कुलबहादुर केसीको प्रमुख अतिथि तथा रोटरी क्लव अफ नेपालका डि.जि.एन राजेन्द्र ध्वजुको विशिष्ट अतिथिमा सम्पन्न कार्यक्रममा लमही नगरपालिका उपप्रमुख देबका बेल्वासे, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशको उपाध्यक्ष चुमा आचार्य, रोटरी कल्व अल दाङका अध्यक्ष रजिव उल्लाखान, लमही जेसिजका कोषध्यक्ष निर्मला चौधरी, लमही रोटरीका सल्लाहकार एजाज आलम लगायतका वक्ताहरुले शुभकामना मन्तब्य दिनुभएको थियो । रोटरी क्लव अफ लमहीका उपाध्यक्ष मोहनकुमार पाण्डेको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण संस्थाका पूर्वसचिव केशव घिमिरे वर्तमान सचिव फढाधर ढकालले गर्नुभएको थियो ।।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्