उक्लिदै कोरोना ग्राफ : पछिल्लो २४ घण्टामा ३ हजार ८९९ जनामा कोरोना सङ्क्रमण पुष्टि – Kanika Khabar
Tuesday, May 21Nepali News Portal

उक्लिदै कोरोना ग्राफ : पछिल्लो २४ घण्टामा ३ हजार ८९९ जनामा कोरोना सङ्क्रमण पुष्टि

    मा प्रकाशित

साउन १२, दाङ ।
पछिल्लो २४ घण्टामा ३ हजार ८९९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।१२ हजार ६५५ पीसीआर परीक्षण गर्दा २ हजार ७२६ जना र ४ हजार ८६३ एन्टिजेन परीक्षण गर्दा १ हजार १७३ गरी ३ हजार ८९९ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना सङ्क्रमण हुनेको संख्या ६ लाख ८५ हजार ६७३ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १ हजार ७७८ जना सङ्क्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा कोरोना मुक्त हुनेको संख्या ६ लाख ४७ हजार ७९ छ ।

नेपालमा कोरोना सङ्क्रमणबाट थप २० जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ७५८ पुगेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्