देशभरको मौसममा सामान्य देखि पूर्ण बदली हुने – Kanika Khabar
Friday, April 26Nepali News Portal

देशभरको मौसममा सामान्य देखि पूर्ण बदली हुने

    मा प्रकाशित

साउन १५, दाङ ।
आज पनि देशभरको मौसममा सामान्य देखि पूर्ण बदली हुने भएको छ । हाल प्रदेश १, बाग्मती, गण्डकी र सुदुरपश्चिम प्रदेशका केहि स्थानहरुमा हल्का वर्षा भैरहेको छ जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

दिउँसो धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ महाशाखाले जनाएको छ ।प्रदेश १, बागमती, कर्णाली र सुदुर पश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। राति प्रदेश १, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्