एमसीसीको बिरुद्धमा ज्ञापनपत्र – Kanika Khabar
Friday, April 26Nepali News Portal

एमसीसीको बिरुद्धमा ज्ञापनपत्र

    मा प्रकाशित

शिवु खनाल
दाङ, १९ साउन ।
स्वतन्त्र नागरिक समुह देउखुरीले एमसीसी परियोजना नेपालको लागि आत्मा ज्ञाती भएको भन्दै त्यसको विरुद्धमा सडकमा उत्रिएको छ । दाङको लमही बजारबाट ईलाका प्रशासन कार्यालय लमहीसम्म एमसीसी चाहिदैन, देश बेच्न पाइदैन लगायतको नारा लगाउँदै ¥याली ईलाका प्रशासन कार्यालय सम्म पुगेको थियो । स्वतन्त्र नागरिक समुह देउखुरीले एमसीसी नेपाल सरकारले अमेरिकाको मिलेनियन च्यालेन्ज कर्पोरेशन (एमसीसी) संग सम्झौताको लागि संसदमा विचाराधिन रहेकाले यो विधेयक प्रति नेपाली जनता आक्रोसित रहेको बताएको छ ।
स्वतन्त्र नागरिक समुह देउखुरीले ईलाका प्रशासन कार्यालय लमहीमा ज्ञापन पत्र बुझाएको छ । ज्ञापनपत्रमा अमेरिकी स्वार्थ अनुकुल एमसीसी पारीत गर्न खोजेको प्रति आपत्ती जनाउँदै राष्ट्रिय सार्वभौम सक्ता राष्ट्रिय स्वाधिनता र असंलग्न परराष्ट्रनीति विपरित रहेको शंशोधन नभई खारेज हुनुपर्ने उल्लेख गरिएको छ । ज्ञापन पत्र बुझ्दै ईलाका प्रशासन कार्यालय लमहीका प्रमुख प्रेम खवासले स्वतन्त्र नागरिक समुहले बुझाएको ज्ञापनपत्र अविलम्ब सम्बन्धीत निकायमा पठाउने जानकारी दिनुभयो । स्वतन्त्र नागरिक समुह देउखुरीको तर्फबाट संयोजक नेत्रराज सिंह ठकुरीले ज्ञापन पत्र बुझाउनु भएको थियो । ज्ञापनपत्र इलाका प्रशासन कार्यालय लमही मार्फत प्रधानमन्त्री, सभामुख, संसद सचिवालयलाई पठाएको हो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्