अज्ञात समुहद्वारा बसमा आगजनी – Kanika Khabar
Wednesday, May 22Nepali News Portal

अज्ञात समुहद्वारा बसमा आगजनी

    मा प्रकाशित

साउन ११, दाङ ।
दाङमा अज्ञात समूहद्वारा बसमा आगजनी गरिएकाे छ ।
जिल्लाकाे तुलसीपुरको कालाखोलामा रोकी राखेको बसमा अज्ञात समुहले गएराति आगजनी गरेकाे हाे ।
घोराही–तुलसीपुर सडक खण्डको कालाखोला नजिक सडकमा पार्किङ गरी राखेको अवस्थामा बसमाथि आगजनी भएको हो ।
जिल्ला प्रहरी प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डिएसपी मुकुन्द प्रसाद रिजालका अनुसार तु रा १ ख १८९२ नम्बरको बसमा राति २ बजे आगजनी गरिएको हाे ।
ईलाका प्रहरी कार्यालय तुलसीपुरको प्रहरी टोली राति नै घटनास्थलमा पुगी आगो नियन्त्रणमा लिएको थियो । घटनामा संलग्न व्यक्तहरुको खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्