आवश्यक सुरक्षा उपाय अपनाएर असार १५ गतेदेखि विद्यालय सञ्चालन गर्न माग – Kanika Khabar
Thursday, March 20Nepali News Portal

आवश्यक सुरक्षा उपाय अपनाएर असार १५ गतेदेखि विद्यालय सञ्चालन गर्न माग

    मा प्रकाशित

कनिका संवाददाता
जेठ २५, काठमाडौं ।

विद्यालय सञ्चालकले कोभिड–१९ कम संक्रमित भएको क्षेत्रमा आगामी असार १५ गतेदेखि आवश्यक सुरक्षा उपाय अपनाएर विद्यालय सञ्चालन गर्न माग गरेका छन् ।
ग्रिन जोन अर्थात कोरोना सङ्क्रमण नभएका जिल्लामा रहेका विद्यालयमा असार १५ भित्र विद्यार्थीको प्रत्यक्ष उपस्थितिमा आवश्यक सुरक्षा सावधानी अपनाई पठनपाठन सुरु गरियोस्, उपप्रधानमन्त्री तथा कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेललाई बुझाइएको पत्रमा भनिएको छ ।
उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल हिसान, निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन), राष्ट्रिय निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (एनप्याब्सन), पोखरा विश्वविद्यालय शैक्षिक संस्था, पूर्वाञ्चल विश्वविद्यालय कलेज एसोसिएसन नेपाल, प्राइभेट कलेज एसोसियसन, फोरम फर हेल्थ एण्ड टेक्निकल साइन्स र एसोसिएसन अफ इन्जिनियरिङ कलेजले यस्तो माग राखेका हुन् ।
संयोजक पोखरेलाई बुझाइको पत्रमा माध्यमिक शिक्षा परीक्षा एसईई , कक्षा ११ र १२ यथासम्भव छिटो गर्नुपर्ने भनिएको छ । उनीहरूले विश्वविद्यालय, सीटीईभीटी, कक्षा ११ र १२ मा भने अविलम्ब कक्षा सञ्चालन गर्न समेत माग गरेका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्