दाङमा सवारी दुर्घटना : एकै घरका ४ जना घाइते – Kanika Khabar
Sunday, May 5Nepali News Portal

दाङमा सवारी दुर्घटना : एकै घरका ४ जना घाइते

    मा प्रकाशित

भदौ १३, दाङ ।
दाङमा मोटरसाइकललाई अटोले ठक्कर दिँदा एकै घरका चार जना घाइते भएका छन् । घाइते हुनेमा बबई गाउँपालिका–७ सिमलकुना निबासी मोटरसाईकल चालक २८ वर्षका विनोद बुढाथोकी, श्रीमती २४ वर्षकी पवित्रा बुढाथोकी, चार वर्षकी छोरी सानवी बुढाथोकी र आमा ४५ वर्षकी चन्द्रकला बुढाथोकी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी श्यामु अर्यालले बताए ।

तुलसीपुरबाट सिमलकुना जाँदै गरेको मोटरसाईकललाई अटोले शान्तिनगर–७ खैरेनीमा साढे सात बजे ठक्कर दिएको थियो । ठक्कर दिने अटो र चालकलाई खिलतपुर प्रहरीले नियन्त्रणमा लिएको छ । मोटरसाईकलमा चारजना सवार थिए ।

May be an image of text

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्