इजरायल जाने कामदारको लिखित परीक्षा भदौ२८मा – Kanika Khabar
Friday, April 26Nepali News Portal

इजरायल जाने कामदारको लिखित परीक्षा भदौ२८मा

    मा प्रकाशित

भदौ १६, दाङ ।
वैदेशिक रोजगार विभागले रोजगारीका लागि इजरायल जाने कामदारको पहिलो चरणको लिखित परीक्षा भदौ२८ गते लिने भएको छ । छनौट भएका सात हजार पाँच सय जनाको लिखित परीक्षा स्वास्थ्य मापदण्ड पालना गरेर काठमाडौंका २० वटा केन्द्रमा सञ्चालन गरिने भएको विभागले जनाएको छ ।

विभागका अनुसार हरेक कोठामा बढीमा २५ जना र एउटा बेन्चमा एकजनालाई मात्रै राखिने छ । परीक्षामा सहभागी हुने कामदारलाई विभागले इमेलमार्फत प्रवेशपत्र तथा परीक्षा केन्द्रको बारेमा जानकारी दिनेछ । कामदारले आफ्नो परिचय खुल्ने सक्कल कागजात र प्रवेशपत्र प्रिन्ट गरेर लैजानुपर्नेछ । विभागलेसाउन१२ देखि इजरायल रोजगारीका लािग अनलाइन आवेदन माग गरेको थियो ।

साउन मसान्तसम्म नौ हजार ६ सय ९९ जनाको आवेदन परेको थियो । आवेदन दिएकामध्ये पाँच हजार चास सय ९९ पुरुष र चार हजार दुई सय महिला छन् । सहभागीमध्ये लिखित परीक्षाबाट एक हजार ६ सय ८० कामदार छनोट गरिनेछ ।

परीक्षाको नतिजा दुई दिनभित्रमा सार्वजनिक हुने र त्यसको १० दिनभित्र अन्तवार्ता लिइने विभागले जनाएको छ । वैदेशिक रोजगार विभागले दोस्रो चरणको परीक्षाबाट १४ सय कामदार छनोट गर्नेछ । लिखित परीक्षाबाट उत्तीर्ण भएकाले अन्तर्वार्तामा सहभागी हुन पाउनेछन् । अन्तिम छनोटमा परेका कामदारलाई रोस्टरमा राखेर चिट्ठा प्रणालीमार्फत कामदारको छनोट गरिनेछ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्