शुक्रबार हुने संवैधानिक नियुक्तिसम्बन्धी सुनुवाई स्थगित गर्न सर्वोच्चको आदेश – Kanika Khabar
Friday, April 26Nepali News Portal

शुक्रबार हुने संवैधानिक नियुक्तिसम्बन्धी सुनुवाई स्थगित गर्न सर्वोच्चको आदेश

    मा प्रकाशित

भदौ १७, काठमाडौँ ।
सर्वोच्च अदालतले संवैधानिक परिषद्ले गरेका नियुक्तिसम्बन्धमा भोलिका लागि तय भएको सनुवाइ स्थगित गर्न आदेश दिएको छ ।न्यायाधीश हरिप्रसाद फुँयालको आजको एकल इजालसलेसंवैधानिक इजलासमा प्रधानन्यायाधीश रहने कि नरहने भन्ने विषय महत्वपूर्ण भएकाले तत्काल संवैधानिक नियुक्तिसम्बन्धी सुनुवाइ स्थगित गर्न आदेश दिएको हो ।

 

संविधानबमोजिम प्रधानन्यायाधीशको नेतृत्वमा बाहेक अरुको अध्यक्षतामा संवैधानिक इजलास गठन हुन नसक्ने भन्दै परेको रिटमाथि आज फुँयालको इजलासमा सुनुवाइ भएको थियो ।१५ दिनभित्र प्रधानन्यायाधीशको सहभागिता सम्बन्धमा लिखित जवाफ पेस गर्नसमेत सर्वोच्च न्याय परिषद् र कानुन व्यवसायी न्याय परिषद्लाई आदेश दिएको छ। लिखित जवाफ आएको तीन दिनभित्र यस मुद्दाको पेसी तोक्न पनि इजलासले आदेश दिएको छ ।

 

अधिवक्ता गणेश रेग्मीले दायर गरेको रिटमा प्रधानन्यायाधीशले संवैधानिक इजलासको नेतृत्व नगर्नु संविधानविपरीत हुने भएकाले प्रधानन्यायाधीशको नेतृत्वमा इजलास गठन गर्न परमादेश माग गरिएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्