प्युठानका ४ स्थानीय तहमा भौतिक रुपमा अध्यापन सुरु – Kanika Khabar
Friday, April 26Nepali News Portal

प्युठानका ४ स्थानीय तहमा भौतिक रुपमा अध्यापन सुरु

    मा प्रकाशित

भदौ १७, प्युठान ।
प्युठानमा कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेको विद्यालयहरु खुल्न थालेका छन् । समुदाय स्तरमा कोरोना भाइरसको सङ्क्रमण कम हँुदै गएपछि स्वास्थ्य सावधानी अपनाउँदैप्युठानका विद्यालयहरुले भौतिक उपस्थितीमै पठनपाठन सुरु गरेका हुन ।

 

प्यूठानका ९ वटा स्थानीय तहमध्ये झिमरुक गाउँपालिका, नौबहिनी गाउँपालिका, गौमुखी गाउँपालिका र ऐरावती गाउँपालिकामा विद्यार्थीको भौतिक उपस्थितिमा विद्यालय सञ्चालन गरिएको हो । स्थानीय तह र विद्यालय व्यवस्थापन समितिसँग छलफल गरेर विद्यालय सञ्चालन गरेको झिमरुक गाउँपालिकाका शिक्षा प्रमुख मोहन विसीले बताउनुभयो। कोरोना भाइरसको सङ्क्रमण घटेपनि जोखिम कायमै रहेकाले स्वास्थ्य सुरक्षाका मादण्ड अपनाएर विद्यार्थीको भौतिक उपस्थितिमा विद्यालय सञ्चालन भएको उहाँले बताउनुभयो ।विद्यालयले आलोपालो तथा विभिन्न सिफ्ट बनाएर पठनपाठन गराउन सुरु गरेका छन् ।

 

मल्लरानी गाउँपालिका, माण्डवी गाउँपालिकाले अनलाइन तथा मोवाइल कक्षा सञ्चालन गरेका छन् । प्यूठानमा करिब ३५ हजार विद्यार्थी विभिन्न तहमा अध्ययनरत छन् । जिल्लाका दुर्गम तथा ग्रामीण क्षेत्रमा इन्टरनेटको पहुँच नहुदाँ वैकल्पिक माध्यम प्रभावकारी हुन सकेको छैन् ।र स्वास्थ्य सावधानी अपनाएर भौतिक उपस्थितिमा विद्यालय सञ्चालन गरेपछि जिल्लाका करिब ३५ हजार विद्यार्थी लाभान्वित भएका छन् । लामो समय पछि विद्यालय आउन पाउँदा विद्यार्थीहरु निकै खुसी र उत्साहित भएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्