पर्वतमा पहिरोमा पुरिएर ५ जनाको मृत्यु – Kanika Khabar
Friday, April 26Nepali News Portal

पर्वतमा पहिरोमा पुरिएर ५ जनाको मृत्यु

    मा प्रकाशित

रोशन तिवारी
भदौ १८, पर्वत ।
पर्वतका विभिन्न ठाउँमा पहिरोले पुरिँदा ५ जनाको मृत्यु भएको छ भने ३ जना वेपत्ता भएका छन् ।गएरातिको भीषण वर्षापछि पहिरो जाँदा कुश्मा नगरपालिका ३ दुर्लुङमा ५ जना पुरिएकोमा २ जनाको शव भेटिएको छ ।

पहिरोमा पुरिएका एकै घरका ५ जनामध्ये १५ वर्षका विमला पौडेल र ११ वर्षका विनिता पौडेलको शव निकालिएको प्रहरीले जनाएको छ ।घरका अरु ३ जना वेपत्ता रहेको र खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकीले जानकारी दिनुभयो ।कुश्मा नगरपालिका ११ पकुवामा पहिरोमा पुरिएर ३५ वर्षका दुर्गा पौडेल र उहाँका ६ वर्षका छोरा गणेश पौडेलको शव फेला परेको प्रहरी नायव उपरीक्षक बुढाथोकीले जानकारी दिनुभएको छ ।

 

मोदी गाउँपालिका ५ बाजुकुश्मा नगरपालिका ३ अम्बोटमा पहिरोमा पुरिएर ५० वर्षका फूलमाया थापाको मृत्यु भएको स्थानीयबासीको भनाइ छ । जिल्लाका अन्य स्थानमा पनि भारी वर्षाका कारण क्षति भएको अनुमान गरिए पनि अहिलेसम्म पूर्ण विवरण नआएको प्रहरीले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्