महिला तथा किशोरीहरुलाई आत्मरक्षा एवं लडाई सीप सम्बन्धी तालिम – Kanika Khabar
Friday, April 26Nepali News Portal

महिला तथा किशोरीहरुलाई आत्मरक्षा एवं लडाई सीप सम्बन्धी तालिम

    मा प्रकाशित

लक्ष्मण बस्नेत
१९ भदौ, दा ।

महिला तथा किशोरीहरुलाई आत्मरक्षा एवं लडाई सीप सम्बन्धी तालिम आज शुक्रबार देखि दंगीशरण गाउँपालिकाको हेकुलीमा सुरु भएको छ । समाजमा वातावरणीय शिक्षाको विकास ९सिड० संस्थाले संचालन गरेको बाल विवाह तथा लैङ्गिक हिंसा अन्त्य अभियान कार्यक्रमको आयोजना एवं आईएम स्विडिस डेभल्पमेन्टको आर्थिक सहयोगमा संचालित तालिम दुई दिन सम्म संचालन हुने छ ।

किशोरीहरुलाई परिआउदा प्रतिकार र आत्मरक्षा गर्न सक्ने तथा हिंसाबारे चेतना जगाउने उद्देश्यका साथ आयोजना गरिएको तालिममा संवेदनशिल अंगमा प्रहार गर्दा आफू कसरी बच्न सकिन्छ, आफ्नो क्षमता आफूले कसरी पहिचान गर्ने रु हिंसाका किसिमहरु के के हुन रु आत्म अनुशासनमा कसरी बस्ने र परिस्थितिजन्य अवस्थामा आफ्नो बचाउ कसरी गर्न सकिन्छ भन्ने लगाएतका बारेमा प्रशिक्षण दिईनेछ ।

गाउँपालिका स्तरका सबै वडाबाट महिला तथा किशोरी गरी ३० जनाको सहभागिता रहेको छ । भने तालिमको प्रशिक्षकमा पदम बस्नेत र लक्ष्मण बस्नेत रहेका छन् । यसैबिच तालिमको उद्घाटन बाल तथा लैङ्गिक हिंसा अन्त्य अभियान कार्यक्रम संयोजक सीता बिष्टको अध्यक्षता तथा दंगीशरण गाउँपालिका ७ का अध्यक्ष वीर बहादुर वलीको प्रमुख आतिथ्यतामा भएको थियो ।

तालिम उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथी वलीले आत्मरक्षा कला महिला तथा किशोरीका लागि मात्र नभएर आम नागरिकको रक्षामा महत्वपूर्ण भएको बताए ।
न कुनै हतियार न कुनै रक्तपात केवल आफूसंग भएको सिप र स्रोत साधनको प्रयोगमा आफ्नो सुरक्षा आफै गर्न सक्ने कला आत्मरक्षा कला भएकाले यसको महत्वलाई सबैले बुझ्नु पर्ने उनको भनाइ छ ।

सो अवसरमा दंगीशरण गाउँपालिका शिक्षा शाखा प्रमुख बिनोद अधिकारी, गाउँपालिकाका न्यायीक समिती उजुरी प्रशासक यादव डाँगी लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजिकरण समाजमा वातावरणीय शिक्षाको विकास सिड संस्थाकी सामाजिक परिचालक सीता चौधरीले गरेकी थिइन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्