कैलालीमा गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु – Kanika Khabar
Friday, April 26Nepali News Portal

कैलालीमा गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु

    मा प्रकाशित

भदौ १९, दाङ ।
कैलालीमा गाडी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । ११ जना घाइते भएका छन् । गएराति ११ बजेतिर कैलालीको गौरीगंगा नगरपालिका–४ राजिपुरमा म १ ज ३१९ नम्बरको विङ्गर र से १ ह २५१० नम्बरको अटो ठोक्किँदा घाइते भएका तीन जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले जानकारी दिनुभयो ।

उहाँका अनुसार दुर्घटनामा परी अटोमा सवार कैलाली घोडाघोडी नगरपालिका ९ का२४ वर्षका युवराज चौधरी, २६ वर्षका भिगम चौधरी र १९ वर्षका जितेन चौधरीको मृत्यु भएको हो । यस्तै अटो चालक घोडाघोडी नगरपालिका ९ का २२ वर्षका सुरेश चौधरी, २४ वर्षका दिपेन्द्र चौधरी, २० वर्षका असान्त चौधरी र ३० वर्षका हरी चौधरी घाइते हुनुभएको छ । उहाँहरुको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भईरहेको प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले बताउनुभयो ।

 

विङ्गर सहचालक कन्चनपुर बेदकोटका २५ वर्षका धनु रावललाई प्रहरीले नियन्त्रणमा लिएको छ । सहचालकले विईङगर चलाएकाले दुर्घटना भएको प्रहरीको अनुमान छ । यसबारेमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्