नारायणपुर उवासंघले बाटाेकाे खाल्डाखुल्डी पुर्न थाल्याे – Kanika Khabar
Friday, April 26Nepali News Portal

नारायणपुर उवासंघले बाटाेकाे खाल्डाखुल्डी पुर्न थाल्याे

    मा प्रकाशित

भदाै १९, दाङ।
नारायणपुर बजार क्षेत्रमा सडकका छेउछाउमा परेका खाडल नारायणपुर उद्योग वाणिज्य संघकाे पहलमा पुर्न थालिएकाे छ । घाेराही उपमहानगरपालिका वडा नं. १० साैडीकुलादेखि वडा नं. ११ खैरासम्मकाे सडक वरिपरि रहेका खाडल पुर्न थालिएकाे हाे ।

सडक छेउछाउमा परेका खाडलले सवारी आवागमनमा कठिनाई भएकाे र दुर्घटनाको हुने सम्भावना बढेकाेले सामाजिक उत्तरदायित्व बहन गर्दै संघले खाडल पुर्ने काम थालेकाे संघका अध्यक्ष अभियान बस्नेतले बताए । उनले भने, ` सडक वरिपरि परेका खाडका कारण पैदल यात्रुलाई समेत समस्या परेकाे छ । पैदल यात्रुलाई हिँड्न गाह्राे भएकाे छ । सवारी साधन तथा पैदल यात्रुलाई समेत सहज हाेस् भन्ने मनसायले याे काम थालिएको हाे ।´     
संघले यसअघि पनि सामाजिक कार्यमा सक्रियता राख्दै आएकाे छ ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्