बंगलादेशमा आउदो साताबाट विद्यालयहरु खुल्ने – Kanika Khabar
Friday, April 26Nepali News Portal

बंगलादेशमा आउदो साताबाट विद्यालयहरु खुल्ने

    मा प्रकाशित

एजेन्सी ।
बंगलादेशमा लामो समयदेखि बन्द रहेको विद्यालय तथा क्याम्पस आउदो हप्ताबाट सुरु गरिने भएको छ । बंगलादेशमा आगामी सेप्टेम्बर १२ देखि विद्यालयहरु पूनःसञ्चालन गर्ने तयारी भैरहेको छ । बंगलादेश सरकारले विद्यालय तथा क्याम्पस पूनःसञ्चालन गर्ने घोषणा गर्दै त्यसका लागि तयारी समेत गर्न सरोकारवाला सबैलाई आह्वान गरेको छ । कोरोना भाइरसको महामारीका कारण बन्द भएका विद्यालय तथा क्याम्पस झण्डै १८ महिना पछि पुनः सञ्चालन हुने भएको अधिकारीले जनाएका छन् ।

बंगलादेशका शिक्षा मन्त्री दिपु मोनीले विद्यालय खुल्ला गरिएपनि सुरुमा परिक्षा आउन लागेका विद्यार्थीको मात्रै पठन पाठन सुरु गरिने बताउनुभएको छ । बंगलादेशमा कोरोना भाइरसका कारण अहिले सम्म १५ लाख १० हजार २८३ जना सङ्क्रमित भएका छन् भने तीमध्ये २६ हजार ४३२ जनाको मृत्यु भएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्