राष्ट्रपतिद्वारा संघीय संसदको अधिवेशन आह्वान – Kanika Khabar
Friday, April 26Nepali News Portal

राष्ट्रपतिद्वारा संघीय संसदको अधिवेशन आह्वान

    मा प्रकाशित

भदौ २०, दाङ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले यही भदौ २३ गतेका लागि सङ्घीय संसद्को अधिवेशन आह्वान गरेकी छन् । मन्त्रिपरिषद्को हिजो शनिबार बसेको बैठकले राष्ट्रपति समक्ष बैठक डाक्न सिफारिस गरेको थियो । मन्त्री परिषद्को बैठकको सिफारिसका आधारमा राष्ट्रपति भण्डारीले सङ्घीय संसद्को दुबै सदनको अधिवेशन आह्वान गरेकी हुन् ।

राष्ट्रपति कार्यालयका अनुसार सङ्घीय संसद्को दुबै सदन यही भदौ २३ गते बुधबार ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँबानेश्वरमा बोलाइएको छ ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्