दिगो विकास लक्ष्य प्राप्त गर्नका लागि स्वास्थ्य प्रणालीहरूको सुधार गर्ने प्रतिवद्धता – Kanika Khabar
Friday, April 26Nepali News Portal

दिगो विकास लक्ष्य प्राप्त गर्नका लागि स्वास्थ्य प्रणालीहरूको सुधार गर्ने प्रतिवद्धता

    मा प्रकाशित

भदौ २३, दाङ ।
विश्व स्वास्थ्य सङ्गठनको दक्षिणपूर्वी एसिया क्षेत्र अन्तर्गतका देशहरूले स्वास्थ्य सुरक्षा सुनिश्चित गर्न, स्वास्थ्यमा सर्वव्यापी पहुँच प्राप्त गर्न र स्वास्थ्य सम्बन्धी दिगो विकास लक्ष्य प्राप्त गर्नका लागि स्वास्थ्य प्रणालीहरूको उत्थानशीलतालाई थप बलियो पार्ने प्रतिबद्धता घोषणा गरेका छन् । मन्त्रीस्तरीय सम्मेलनले हालको महामारीबाट पाठ सिक्दै बिरलै मात्र आउने यस्तो अवसरको उपयोग गर्नुपर्ने पनि निचोड निकालेको छ ।

 

हाल जारी चौहत्तरौं क्षेत्रीय समितिको बैठकमा विश्व स्वास्थ्य सङ्गठन दक्षिणपूर्वी एसियाका क्षेत्रीय निर्देशक डा. पूनम खेत्रपाल सिंहले प्राथमिक स्वास्थ्य स्याहारमा केन्द्रित र सम्पूर्ण जनसंख्यालाई समेट्ने मजबुत स्वास्थ्य प्रणालीहरूले जनतालाई थप स्वस्थ, उत्पादक र आर्थिक रूपमा सुरक्षित बनाउन मद्दत गर्ने बताउनुभयो । मन्त्रीस्तरीय गोलमेचमा अनुमोदन गरिएको घोषणा मार्पmत सदस्य राष्ट्रहरूले स्वास्थ्य सुरक्षा अभिवृद्धि गर्न र स्वास्थ्यमा सर्वव्यापी पहुँच र स्वास्थ्यसँग सम्बन्धित दिगो विकास लक्ष्यहरू तर्पm प्रगति गर्नका लागि आवश्यक राजनीतिक नेतृत्व र जवाफदेहीता प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सदस्य राष्ट्रहरूले सार्वजनिक लगानी अभिवृद्धि गर्दै स्वास्थ्य प्रणालीहरूलाई बृहद प्राथमिक स्वास्थ्य सेवातर्पm पुनः अभिमुखीकरण गर्ने र सो मार्फत जन स्वास्थ्यसम्बन्धी आपत्कालीन प्रतिकार्य क्षमताको लागि र स्वास्थ्यमा सर्वव्यापी पहुँच हासिल गर्नका लागि आधार निर्माण गर्ने प्रतिबद्धता जनाएका छन् ।

 

जोखिममा रहेका र प्रभावित समुदायहरूका लागि प्रभावकारी प्रतिकार्य सञ्चालन गर्नका लागि, सदस्य राष्ट्रहरूले जनस्वास्थ्य आपत्काल सम्बन्धी र विपद् जोखिम व्यवस्थापन सम्बन्धी रणनीतिहरूलाई एकीकृत गर्ने र प्राथमिक स्वास्थ्य स्याहारको तहमा निगरानी तथा तयारी क्षमताको सुदृढीकरण गर्ने सहमति पनि जनाएका छन् । परम्परागत औषधि प्रणालीहरूको सम्भाव्यताको उचित उपयोग गर्ने साथै डिजिटल स्वास्थ्य प्रविधिमा भएका नवीनतम आविष्कारहरूको पनि सर्वोत्तम उपयोग गर्ने सहमति पनि बैठकमा भएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्