दाङमा एमसीसी बिरोध : नमुना सम्झौता पत्र जलाईयो – Kanika Khabar
Friday, April 26Nepali News Portal

दाङमा एमसीसी बिरोध : नमुना सम्झौता पत्र जलाईयो

    मा प्रकाशित

२६ भदौ,घोराही /

दाङका विभिन्न ठाउँमा एमसीसी नमुना  सम्झौता पत्र जलाईएको छ । नेपाल कम्युनिस्ट पार्टी दाङले आज शनिबार घोराहीको तुलसीपुर चोकमा कोणसभा गरेर राष्ट्रघाती एमसीसी सम्झौता पत्र जलाएको हो । कोणसभाका प्रमुख अतिथि युवा संगठन नेपालका केन्द्रीय संयोजक पाटनले यो राष्ट्रघाती एमसीसी सम्झौताको निरन्तर संघर्षका विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको बताउनुभयो । यो कथित राष्ट्रघाती एमसीसी सम्झौता पत्र जलाउने कार्यक्रम आज देशभर भइरहेको बताउनुुभयो ।

अमेरिकाका एजेन्टहरुले जसरी भएपनि एमसीसी पास गर्नुपर्छ भनेर भैलो खेलिरहेको र विशेष गरेर नेपालका प्रधानमन्त्री शेरबहादुर देउबाले नेपालका राष्ट्रबादी, क्रान्तिकारी शक्तिहरु र जनतालाई जेल हालेर भएपनि यो राष्ट्रघाती एमसीसी पास गराउने भनेको हुँदा यसको विरुद्ध हाम्रो पार्टी, संगठन र जनताहरुले सशक्त बिरोध गरिरहेको समेत उहाँले बताउनुभयो । नेपालमाथिको वैदेशिक हस्तक्षेप पटक–पटक भएको बिषयमा चुइक्कपनि बोल्न नसक्ने नेपालका दलहरुले फेरिपनि एमसीसी पास गर्नुपर्छ भनेर लागिपरेका हुँदा नेपाल राष्ट्र र नेपाली जनताहरुमाथि साम्राज्यवाद र बिस्तारबादले हस्तक्षेप गर्न खोज्छ भने त्यसको विरुद्धमा सबै जनताहरु कडा संघर्षमा अगाडि बढ्नुपर्ने उहाँको भनाइ छ ।
कोणसभालाई सम्बोधन गर्दै पाटले एमसीसी नेपालका लागि राष्ट्रघाती भएको र यो सम्झौता पास भएमा एमसीसीमा हस्ताक्षर गर्ने नेताहरूलाई गाउँ-गाउँबाट दमाह बजार लखेट्नुपर्ने बताउनुभयो । यो परियोजना अमेरिकी सैन्य रणनीतिमा भएको हुँदा कुनै पनि बुदा संसोधित गरेर पास गर्न नपाइने र एमसीसी तथा सम्पुर्ण राष्ट्रघाती सम्झौताको विरुद्ध सबै जना एक भएर लड्नुपर्ने उहाँले बताउनुुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्