संसद अवरुद्ध जारी रहन्छ : एमाले – Kanika Khabar
Friday, April 26Nepali News Portal

संसद अवरुद्ध जारी रहन्छ : एमाले

    मा प्रकाशित

भदौ २७, दाङ ।
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्नी सापकोटाले नेकपा एमाले विभाजन गराउन सहयोग गरेकाले संसद अवरुद्ध गर्नु परेको बताउनुभएको छ । आज संसद भवनमा आयोजित संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले संसद अवरुद्ध जारी रहने बताउनुभयो ।

सत्ता गठबन्धन गलत बाटोमा हिँडेको , नेकपा एमाले विभाजन गराउन सभामुखको गैरकानुनी संलग्नता देखिएको अध्यक्ष ओलीको भनाइ रहेको थियो । सभामुखले गैर कानुनी काम गरेपछि आफुले विरोध जनाउनु परेको उहाँको भनाइ थियो ।

उहाँले सभामुखको व्यवहारकै कारणले बजेट पास गर्न दिनुपर्ने भएपनि दिने अवस्था नभएको बताउनुभयो । यस्तै उहाँले आफ्ना सांसदलाई संसद भित्र विरोध जनाउँदा मर्यादित हुन पनि निर्देशन दिनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्