नेपालमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या घट्दै, थपिए १ हजार ४ सय ८६ नयाँ सङ्क्रमित – Kanika Khabar
Friday, April 26Nepali News Portal

नेपालमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या घट्दै, थपिए १ हजार ४ सय ८६ नयाँ सङ्क्रमित

    मा प्रकाशित

भदौ २८, दाङ ।
नेपालमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या घट्दै गएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय कोरोना सङ्क्रमण पुष्टि हुनेदरमा कमी आएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या घट्ना थालेको हो ।

हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या २४ हजार ९ सय ५८ रहेको छ । एक साता अघि नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या ३१ हजार ९ सय ७३ रहेको थियो ।

 

यस्तै गत २४ घन्टामा देशभर १६ हजार ५ सय ३९ कोरोना परीक्षण गर्दा १ हजार ४ सय ८६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाका कारण सङ्क्रमित हुनेको सङ्ख्या ८ लाख ६५ हजार ३ सय ४३ पुगेको छ । यस्तै गत २४ घन्टामा देशभर रहेका सङ्क्रमितमध्ये १ हजार २ सय ६० जना स्वस्थ भएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमितपछि निको हुनेको सङ्ख्या ७ लाख ४० हजार ७ सय १७ पुगेको छ ।

 

गत २४ घन्टामा देशभर १६ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या १० हजार ९ सय ६५ पुगेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्