तुलसीपुर नगर प्याब्सनकाे अध्यक्षमा : डाँगी – Kanika Khabar
Friday, April 26Nepali News Portal

तुलसीपुर नगर प्याब्सनकाे अध्यक्षमा : डाँगी

    मा प्रकाशित

भदाै २९, दाङ ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन ) तुलसीपुर नगरकाे दाेस्राे अधिवेशनबाट गिरीराज गिरी अध्यक्षमा चयन भएका छन् ।
त्यस्तै उपाध्यक्षमा डम्बर डाँगी, सचिवमा बिष्णु योगी, सह-सचिवमा कमल सापकोटा, कोषाध्यक्षमा केशकुमार खड्का र सह-कोषाध्यक्षमा बामदेब पोख्रेल सर्वसम्मत चयन भएका हुन् ।
साथै सदस्यहरुमा युवराज डाँगी, राज कुमार गौतम, अमर बहादुर चौधरी, शान्तिनगर गाउँ पालिका फोकल पर्सनको रुपमा ओम बहादुर भण्डारी चयन भएका छन् ।

नगर अध्यक्ष गिरीराज डाँगीकाे अध्यक्षता तथा प्याब्सनका केन्द्रीय सल्लाहकार नारायण अधिकारीकाे प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे हाे । कार्यक्रममा  प्याब्सन लुम्बिनी प्रदेशका सल्लाहकार जीवनकुमार आचार्य,  प्याब्सन केन्द्रीय सदस्यहरू केशब थापा , यादव गिरी, प्याब्सन लुम्बिनी प्रदेशका वरिष्ठ उपाध्यक्ष महेन्द्र अधिकारी, प्याब्सन दाङका सल्लाहकार विनय कुमार मिश्र, घाेराही नगर प्याब्सनका अध्यक्ष विरेन्द्र चन्द, एन प्याब्सनका तुलसीपुर नगरका अध्यक्ष शालिकराम कार्की र तुलसीपुर समन्वय समितिका संयाेजक प्रकाश शर्मा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा निजी विद्यालयमा लामाे समयदेखि कार्यरत अमर मावि कालाखाेलाका प्रिन्सिपल टिम अधिकारी र श्री दीप बाेर्डिङ स्कुलका प्रिन्सिपल डम्बर बस्नेतलाई सम्मान गरिएकाे थियाे ।

नगर उपाध्यक्ष डम्बर डाँगीकाे स्वागत मन्तव्यबाट सुरू भएकाे कार्यक्रमकाे सहजीकरण सचिव विष्णु याेगीले गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्