देशका विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने – Kanika Khabar
Friday, September 29Nepali News Portal

देशका विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने

    मा प्रकाशित

भदौ ३०, दाङ ।
आज देशका विभिन्न ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन् । भारतको छत्तिसगढ र मध्यप्रदेश आसपासमा रहेको न्यूनचापीय क्षेत्रको प्रभावले आज दिउँसो बागमती,

गण्डकी र सुदूरपश्चिम प्रदेशका केही र अन्य प्रदेशका थोरै स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार राती पनि लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा अन्य प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

यसकै प्रभावले अहिले पनि देशभर सामान्यदेखि पूर्ण बदली भइ प्रदेश २, बागमती र गण्डकी प्रदेशमा केही स्थानमा हल्का वर्षा भईरहेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्