राप्ती गाउँपालिका प्याब्सनकाे अध्यक्षमा : शाेभाकर – Kanika Khabar
Friday, April 26Nepali News Portal

राप्ती गाउँपालिका प्याब्सनकाे अध्यक्षमा : शाेभाकर

    मा प्रकाशित

भदाै २९, दाङ ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन ) राप्ती गाउँपालिकाकाे दाेस्राे अधिवेशनबाट अध्यक्षमा शाेभाकर भुसालचयन भएका छन् ।
त्यस्तै सचिवमा दुर्गाप्रसाद भुसाल र कोषाध्यक्षमा रामप्रसाद शर्मा सर्वसम्मत चयन भएका हुन् ।
साथै सदस्यहरूमा ईश्वरीप्रसाद भुसाल र भेषबहादुर बुढाथोकी चयन भएका छन् ।

पालिकाका कार्यबाहक अध्यक्ष तेज विष्टकाे अध्यक्षता तथा प्याब्सनका केन्द्रीय सदस्य तथा प्याब्सन दाङका प्रमुख सल्लाहकार यादव गिरीकाे प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे हाे । कार्यक्रममा प्याब्सन केन्द्रीय सदस्यहरू केशब थापा , प्याब्सन लुम्बिनी प्रदेशका वरिष्ठ उपाध्यक्ष महेन्द्र अधिकारी, प्याब्सन दाङका अध्यक्ष रेशम बुढा, घाेराही उपमहानगरपालिकाका प्याब्सन नगर अध्यक्ष बीरेन्द्र चन्द, एनप्याब्सनका जिल्ला सहसचिव बिक्रान्त ज्ञवाली लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

 

बिलाेचन चाैधरीकाे स्वागत मन्तव्यबाट सुरू भएकाे कार्यक्रमकाे सहजीकरण सचिव दुर्गाप्रसाद भुसालले गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्