कोभिडले फेरिदियो दैनिकी : शिक्षण पेसा छाडेर कुखुरा पालनमा – Kanika Khabar
Friday, April 26Nepali News Portal

कोभिडले फेरिदियो दैनिकी : शिक्षण पेसा छाडेर कुखुरा पालनमा

    मा प्रकाशित

शिवु खनाल
देउखुरी, ३१ भदौ ।
चिटिक्क पोसाकमा सजिएर विद्यार्थीलाई पढाउने दाङ देउखुरी राजपुर गाउँपालिका वडा नम्बर ५ सालभौरी निवासी ध्रुव वली यतिबेला कुखुरासँग रमाउदै हुनुहुन्छ । कोरोना भाइरस (कोभिड १९) को माहामरीको असरले शिक्षक वलीको दैनिकी फेरिएको हो । कोरोना सँगैको लकडाउनले गर्दा नेपालका धेरै शिक्षक कामविहीन बन्न पुगे । माहामारीका कारण विश्वभरी नै उग्र रुप लिएसँगै धेरै जना वेरोजगार हुन पगेका छन् । नेपाल पनि यसबाट अछुतो कुनै क्षेत्र छैन । यसमध्येका वली पनि सामुदायिक विद्यालयमा शिक्षण पेशमा आवद्ध हुनुहुन्छ । वलीले लकडाउको समयबाट कुखुरा पालन सुरु गर्नुभएको छ । ९कोभिड १९०का कारण मेरा सबै दैनिक जीवन छताछुल्ल र सबैतिर चौपट पा¥यो । एकव्यस्त जीवनबाट बेरोजगार बनाउनुका साथै सम्पूूर्ण आयस्रोत बन्द भएका कारण धेरै मानसिक चिन्ता बढाएको थियो ।

स्कुल खल्ने सम्भावना कम भएको कारण म कृषि पेशामा लगेको हु, शिक्षक वलीले भन्नुभयो,—। ‘करिब दुईलाख लगानिबाट व्यवसायिक रुपमा लोकल जातको कुखुरा पालन सरु गरेको छु । अहिले खोरमा छसय कुखुरा विक्री गर्नको लागि तयारी अवस्थामा रहेका छन् । चाडपर्व नजिकै गर्दा स्थानीय बजार क्षेत्रबाट लोकल कुखुरा खरिद गर्न व्यापारी घरमै आउने गरेका छन् ।’ ‘छोटो समय र थोरै लगानीले पनि संचालन गर्न सकिने र छिटो उत्पादन गर्न मिल्ने हुनाले यो पेशा मेरो रोजाईमा परेको हो ।’ लोकल कुखुरा पालन गर्नु भन्दा अगाडि वलीले राजपुरको नमुना साधारण माध्यमिक विद्यालय सालभौरी गगंदीमा अध्यापन गराउदै आउनु भएको थियो । अहिले वलीले व्यवसायिक रुपमा लोकल जातको कुखुरा पालन गर्दै आउँनु भएको छ । उहाँले भारतीय बजारको भरमा खाद्यान्न लगायत मासु चलेकोले आफ्नै ठाँउमा केहि गर्न भनेर व्यवासायकि रुपमा कुखुरा पालन तिर पनि हात हालेको बताउनुभयो ।

No description available.
(कोभिड १९) को जोखिमले गर्दा भारतसंग जोडिएको सम्पूर्ण नाका बन्द भयो । उताबाट आउने सबै बस्तु रोकिए हुदा नेपालमा मासुको मुल्य एकाएक बढी हुन पुग्यो । अनि मैले सोंचे स्कुल संचालन नहुदा सम्म यहि पेशा नै मेरो लागि उपयुक्त छ, अनि सुरुवात पनि गरे, वलीले भन्नुभयो । वलीले सुरुवाती चरणमा कुखुरामा करिब दुइलाख लगानी गर्नुभयो र थप लगानि गर्ने सोचईमा रहेको बताउदै, कुखुराको बजारीकरण धेरै चुनौतीपर्ण र जोखिम छ । यसै अनुसार म व्यावसाय विस्तार गर्छु । कुखुरा व्यावसाय गर्दा धेरै पाठ सिकाएको छ जिवनमा ।’ कुखुरा पालन व्यवसायमा घरबाट पनि वलीलाई राम्रो सहयोग पुगेको छ । उनको परिवारकै सदस्यले पूणरुपर्मा समय दिईरहेका छन् । घरपरिवार मिलेर काम गर्दा भोलि स्कुल खुल्दा आफूलाई सजिलो होस भनेर यस्तो गरेको वलीले बताउनुभयो ।

वलीले आफ्नै चारकठ्ठा जग्गामा लोकल जातको कुखुरा पालन गर्नुभएको हो । उहाँका अनुसार भाले प्रति किलो छसय र पोथी प्रति किलो पाच सयका दरले विक्री गर्दै आएको जानकारी दिनुभयो । वली शिक्षण पेशामा अवद्ध हुनुभन्दा अगाडि बैदेशिक रोजगारको लागि युएईमा चारवर्ष विताउनु भएको थियो ।

तारबार गर्न लागि पचास हजार सहयोग

ध्रुव वलीले गर्नुभएको कुखुरा पालन व्यवसायिलाई प्रवद्र्धन गर्नको निम्ती मुख्यमन्त्री ग्रामिण विकास तथा रोजगार कार्यक्रम राजपुर गाउँपालिकाले पचास हजार सहयोग गरेको कार्यक्रम संयोजक गिरीराज भट्टले जानकारी दिनुभयो । वलीले अहिले पाँचकठ्ठा जग्गामा व्यवस्थित तरिकाले तारबार गरेको जानकारी दिनुभयो । उहाँका अनुसार पालिकाले दिएको पचास हजारबाट एकसय १५ मिटर व्यवस्थित तरिकाले तारबार गर्नुभएको छ । यस्तै मुख्यमन्त्री ग्रामिण विकास तथा रोजगार कार्यक्रम राजपुर गाउँपालिकाले स्थानीय वीर किराना पसललाई डि—फ्रिज र व्यवसायिक रुपमा बाख्रा पालन गर्दै आउनु भएको गंगदी निवासी सुमित्राकुमारी चौधरीलाई बाख्राको खोर निर्माणको लागि पचास पचास हजार गरि एकलाख सहयोग गरेको कार्यक्रम संयोजक गिरिराज भट्टले जानकारी दिनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्