काेराेना अपडेट दाङ : पछिल्लो २४ घण्टामा थप १४ जनामा कोरोना संक्रमण पुष्टि, थप ५ जना डिस्चार्ज – Kanika Khabar
Tuesday, March 19Nepali News Portal

काेराेना अपडेट दाङ : पछिल्लो २४ घण्टामा थप १४ जनामा कोरोना संक्रमण पुष्टि, थप ५ जना डिस्चार्ज

    मा प्रकाशित

पछिल्लो  २४ घण्टामा दाङका थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा ४० जनाको पिसिआर र विभिन्न स्थानिय तहमा १७ जनाको एन्टीजेन परिक्षण गर्दा ७ जना पुरुष र ७ महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आज कोरोना पुष्टि हुनेमा घोराहीका ५, गढवाका ४, राप्तीका २, बबई, लमही र तुलसीपुरका १/ १ जना रहेको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ । त्यस्तै आज दाङका ५ जना कोरोना मुक्त भएका छन् ।

कोरोनामुक्त हुनेमा घोराही र लमहीका २/२ जना तथा गढवाका १ जना रहेको केन्द्रले जनाएको छ । आज थप ५ जना निको भएसँगै दाङमा सकृय बिरामीको संख्या ८० रहेको छ ।              तीमध्य घरमा ६८ जना, ७ जना आईसियूमा र ५ जना अक्सिजन सहितको उपचारमा रहेको केन्द्रले जनाएको छ । यस्तै दाङमा बैशाख यता कोरोना संक्रमित हुनेको संख्या ९ हजार २७ जना पुगेको छ । ति मध्य ८ हजार ७ सय ३३ जना निको भएका छन भने २ सय १४ जनाको मृत्युु भएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्