दाङमा सुरू भए सुपथ मुल्यका पसल – Kanika Khabar
Friday, April 26Nepali News Portal

दाङमा सुरू भए सुपथ मुल्यका पसल

    मा प्रकाशित

१ असोज, दाङ ।                                                  सरकारले दाङमा उपभोक्ताहरुलाई चामल, चिनी र नुन सहुलियत मूल्यमा उपलब्ध गराउनसुपथ मूल्यको पसल सञ्चालन गरेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा तुलसीपुरले चामल र साल्ट ट्रेडिङ कर्पोरेसन दाङ शाखा घोराहीले चिनी र नुन सहुलियत मूल्यमा विक्रि गर्न लागेका हुन् ।

आउदै गरेका दसैंतिहार र छठ पर्वलाई लक्षित गर्दै सरकारले दाङका दुई स्थानमा सुपथ मूल्य पसल सञ्चालन गरेको हो ।खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा तुलसीपुरले ५ प्रकारका चामलमा प्रतिकिलो ५ रुपैयाँका दरले छुट दिएको जनाएको छ ।

जस अनुसार स्टीम जिरा मसिनो चामल प्रतिकिलो ६० रुपैयाँ, सावा स्टीम मसिनो चामल ५७ रुपैयाँ, सावा मसिनो चामल ५५ रुपैयाँ, सोना मन्सुली ४६ रुपैयाँ र अरुवा मोटो चामल ४२ रुपैयाँ प्रतिकिलो विक्रि गर्ने निर्णय भएको निमित्त शाखा प्रमुख नकुल चौधरीले जानकारी दिनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्