सुल्झिदै काङ्ग्रेसमा क्रियाशील सदस्यता विवाद – Kanika Khabar
Friday, April 26Nepali News Portal

सुल्झिदै काङ्ग्रेसमा क्रियाशील सदस्यता विवाद

    मा प्रकाशित

असोज १, दाङ ।
नेपाली काँग्रेसमा क्रियाशील सदस्यता विवाद सहमति नजिक पुगेको छ । क्रियाशील सदस्यता विवादकै कारण अधिवेशन हुन नसकेको २० मध्ये काठमाडौंसहित ७ जिल्लाको विवाद टुङ्गो लागेको र बाँकि १३ जिल्लाको विवाद सहमति नजिक पुगेको क्रियाशील सदस्यता छानविन समिति सदस्य प्रदीप पौडेलले जानकारी दिनुभयो ।

 

काँग्रेसमा क्रियाशील सदस्यता विवादमा सहमति खोज्न पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यहरु डा. मिनेन्द्र रिजाल र रमेश लेखकले काम गरिरहनुभएको छ । १४ औँ महाधिवेशनअन्तर्गत काँग्रेसले ५७जिल्लाको वडा तहको अधिवेशनसम्पन्नगरेको छ । ५७मध्ये सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुराको अधिवेशनभने विवादितरहेको छ ।केन्द्रीय निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठका अनुसार बाँकी २० जिल्लामध्ये ७जिल्लाको क्रियाशील सदस्यको नामावली प्राप्त भएर समितिले प्रकाशितसमेत गरिसकेको छ ।अन्य १३ जिल्लामाभने अधिवेशनहुने वानहुने अनिश्चित छ ।

 

प्रदेश २ काकुनै पनिजिल्लाको क्रियाशील सदस्यप्राप्तनभएको उहाँले बताउनुभयो । त्यसबाहेक डोल्पा, रसुवा, बाँके, सुर्खेत र कैलालीको पनिनामावलीहामीलाई प्राप्तभएको छैन । निर्वाचन समितिले क्रियाशील सदस्यको नामावलीप्रकाशितभएका७जिल्लामानिर्वाचनअधिकृतहरु खटाएको छ । तीजिल्लामा ५ असोजमा वडा अधिवेशनहुनेछ । काठमाडौं, मोरङ, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, बाजुरा, कपिलवस्तु र बर्दियामा ५ असोजमा वडा अधिवेशनगर्ने गरी निर्वाचनअधिृकतहरु खटाइएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्